 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरूको रिहाइका लागि भएको धर्नामा राजावादी आन्दोलनमा सक्रिय गंगा चौधरी माइतीघर मण्डला पुगेकी छन्।
राष्ट्रवादी मातृशक्ति नेपाल नामक पार्टीको व्यानरमा माइतीघरमा जारी धर्नामा सहभागी हुन सोमबार उनी माइतीघर पुगेकी हुन्।
भ्रष्ट्राचार, बलात्कार र वेतिथिको अन्त्य गर्नको लागि आफूहरू सडकमा आएको बताइन्।
आस्थाका बन्दीहरूको रिहाइ, घाइतेहरूको उपचार, भ्रष्ट्राचार, बलात्कार, बेथितिको अन्त्य, हिन्दु अधिराज्य कायम र राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो।
सोही धर्नामा सहभाभी पूर्वसांसद चौधरीले देश भ्रष्ट्राचार, बेथिति र गरिबीको चरम अवस्थामा पुग्दा पनि सरकार कुर्सी जोगाउनतर्फ मात्र लागिरहेको बताइन्।
उनले भनिन्, ‘आज वर्तमान सरकारले राम्रो काम गरेको भए, ठाँउ ठाँउबाट आम जनताको विरोधको स्वरहरू गुन्जिदैन थियो होला। आज जता पनि बेथिति छ, देशमा गरिबीको चरम अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा पनि सरकार कुर्सी कसरी जोगाउने भनेर मात्र लागि रहेको छ।’
यस्तै, उनले राजाको समयमा २१२ वटा कारखानाहरू संचालनमा रहेर आत्मनिर्भर बनेको नेपालमा आज आयातको अवस्थामा पुगेको बताइन्।
उनले भनिन्, ‘हिजोको दिनमा राजाहरुले २१२ वटा कारखानाहरु खोलेका थिए। देशलाई आत्मनिर्भर बनाएका थिए। हाम्रो देशबाट अन्नहरु निर्यात हुन्थ्यो। आज आयातको अवस्थामा कसरी पुग्यौं। यो कुरा नेपाली जनताले खोज्नुपर्छ। नेपालमा उत्पादन भएको कपडा लगाउन पनि गाह्रो हुने अवस्था सिर्जना भएको छ। यस्तो अवस्था कसले गर्दा भएको भन्दा यही वर्तमान सरकार र नेताहरुले हो।’
एमालेको तर्फबाट समानुपातिक सांसद बनिसकेकी चौधरी गत प्रतिधिसभा चुनावमा एमालेले टिकट नदिएपछि दाङ १ बाट स्वतन्त्र उम्मेदवार बनेकी थिइन्। उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका थिए।
बागी उम्मेदवार बनेपछि चौधरीलाई एमालेले कारवाही गरेको थियो। त्यसपछि उनले धार बदलेकी थिइन्। डेढ वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवामा पुग्दा उनी स्वागतको लाइनमा देखिएकी थिइन् भने केही महिनाअघि पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमार्फत काठमाडौं आएका ज्ञानेन्द्रको स्वागतमा पनि उनी पुगेकी थिइन्।
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
 
                                    
                                        जलेको सिंहदरबार
 
                                    
                                        जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया