बिएल संवाददाता
धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो।
साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरी खानले भिडियो बनाइएर सामाजिक सञ्जालमा आइतबार राती पोष्ट गरेका थिए।
सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीय अगुवाहरूले माग गरेका थिए।
प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले सामाजिक सञ्जालमा सदभाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए।
यस विषयमा आवश्यक अनुसन्धान गरेर आवश्यक कानुनी कारवाही गरिने उनले जानकारी दिए। धार्मिक सदभाव बिगार्ने किसिमको कार्य नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया