बिएल संवाददाता
चीन र अमेरिकाबीच कम्तीमा ९० दिनका लागि एकअर्काको उत्पादानमाथि कर घटनाउन सहमत भएका छन्। अमेरिकी राष्ट्रपति आवेशमा आएर चीनमाथि १४५ प्रतिशतसम्म कर पुर्याइदिएका थिए। त्यसपछि चीनले पनि अमेरिकी सामानमाथि १२५ प्रतिशत कर लगाइदिएका थिए।
भन्सार शुल्कमा एकअर्काले गरेको यो कर वृद्धिका कारण लामो समय ‘युद्ध’जस्तै माहोल बनेको थियो। यसबीचमा दुबै देशका अधिकारीहरूले शनिबार र आइतबार जेनेभामा वार्ता गरेका थिए।
त्यो वार्ताका क्रममा दुबै कर घटनाउन सहमत भएका हुन्।
यो सहमतिअनुसार अमेरिकाले आयात चीनका लागि लगभग ११५ प्रतिशत आयार कर छुट दिने भएको छ भने चीनले पनि अमेरिकी सामानमाथि त्यत्ति नै कम गरेको छ। अब अमेरिका भित्रिने चिनियाँ सामग्रीहरूमा ३० प्रतिशतमात्रै भन्सार कर लाग्नेछ भने चिनमा भित्रिने अमेरिकी सामग्रीमा १० प्रतिशतमात्रै कर लाग्नेछ।
अमेरिकी वित्तमन्त्रीले स्कट बेसेन्टले यो सहमतिलाई ऐतिहासिक र रचनात्मक उपलब्धी भनेर ब्याख्या गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया