सोमबार, ११ अगस्ट २०२५

टीआरसी सम्बन्धी आयोगहरूमा गरिएको नियुक्तिप्रति द्वन्द्वपीडितको आपत्ति

द्वन्द्वपीडित समूदायले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा पदाधिकारीहरू नियुक्तिमा असहमति जनाएका छन्। शुक्रबार काठमाडौंमा द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, वेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारीलगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूसँग परामर्श नै नगरि आयोगमा अपारदर्शी, स्वेच्छाचारी, अविश्वसनीय, निर्देशीत र दलीय भागवण्डाका आधारमा पदाधिकारी छनौट गरिएको भन्दै आपत्ति जनाएको हो। पीडितहरूको दबाबका बावजुद सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा सत्तारुढ दलहरूले अघि बढाएको भागबण्डा अनुरूप नियुक्ति प्रक्रिया अगाडि बढाइसकेको उनीहरुको भनाइ छ। सोही क्रममा द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले पीडितका सवाललाई हलुका तरिकाले नलिन राज्यलाई खबरदारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’सँग जोडिएकोमा हितेन्द्रको आपत्ति

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर ‘अब इन्भर्टर र मैनबत्तीका दिन आए’ भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कतिपनि सत्यता नरहेको दाबी गरे। उनले भने, ‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता छैन र अब नेपालमा पुनः लोडसेडिङ शुरु हुने दिन आउँदै नआउने कुरा आम उपभोक्तालाई जानकारी गराउछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुलाकी सडक नेपालगन्जका प्रमुख भण्डारीविरुद्ध अख्तियारमा उजुरी

हुलाकी सडक नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। भण्डारीले आफ्नो सरकारी हैसियत दुरुपयोग गरी विभिन्न ठेक्कापट्टामा भ्रष्टाचारजन्य कार्यगरी अकुत सम्पति कमाई भष्टाचार निवारण ऐन २०५९ को गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै डिल्लीराम खनालले अख्तियारमा उजुरी दिएका हुन्। विभिन्न सडक आयोजनाहरूको गुणस्तर र परिणाम कायम नगरी ठेकेदारसँगको मिलेमतोमा ठेक्का सम्झौता भन्दा बढी भुक्तानी दिएको, सडक निमार्ण नै नगरी रकम भुक्तानी दिएबापत घुस लिइ भ्रष्टाचारजन्य गरेकोमा उनीविरुद्ध यसअघि नै अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि हालसम्म छानबिन नगरिएको खनालको उजुरीमा उल्लेख छ। प्रमुख भण्डारीविरुद्ध निर्माण कम्पनीसँगको मिलेमतोमा गैरकानुनी ठेक्का लगाइ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेसँग एकताबारे प्रचण्डः नराम्रोसँग धोका खाइयो, ‘इनफ इज इनफ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल एमालेसँग मिलेर बाम एकता सम्भव नरहेको टिप्पणी गरेका छन्। शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुभारम्भका लागि डडेलधुरा पुगेका प्रचण्डले अहिले तत्काल र ०८४ को चुनावसम्म पनि वामपन्थी एकताको सम्भावना नरहेको बताए। उनले आफूले यो कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भनेको जिकीर गरे।  उनले भने, ‘हामीले पहिलै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो, प्रस्ताव गरेको पनि हो, एकता भएको पनि हो तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको हो तर नराम्रोसँग धोका खाइयो, पार्टीले मात्र होइन, नेपाली जनतालाई पनि धोका भयो, त्यसकारण इनफ इज एनफ।’

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

डडेलधुरा पुगेर देउवालाई प्रचण्डको फोन, देउवाले काठमाडौंबाटै गरे स्वागत

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्। शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुभारम्भका लागि डडेलधुरा पुगेका प्रचण्डले त्यहीँबाट फोन गरेका उनको सचिवालयले बताएको छ। प्रचण्ड स्वयंले पनि देउवालाई फोन गरेको पुष्टि गरेका छन्। प्रेस सेन्टर डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवालाई आफूले डडेलधुरा आइपुगेको जानकारी गराएको र देउवाले स्वागत गरेको बताए। ‘म यहाँ बस्दै गर्दा, यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो, डडेलधरामा स्वागत भन्नुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङदेनको चेतावनीः सरकारले निषेध गर्न खोजेको भए जंगल पस भनोस्, विद्रोहका लागि तयार छौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङ्गल पस्न भन्नुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा ‘सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेहरू दण्डित हुनुपर्छ’ भन्दै आवाज उठाउनेलाई प्रताणित गरेको आरोप लगाए। ‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔं। राप्रपा लगायत हिन्दुराज्य, राजसंस्था मान्छु भन्नेहरूले संघीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरू देशमा सुशासन हुनुपर्छ, भष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरू यसरी प्रताणित हुनुपर्छ भने विद्रोहमा जान्छौं। विद्रोहमा जाऔं, जङ्गल पस भन्नुपर्‍यो,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिमालहरू जोगाउँदा ‘पृथ्वी, महासागर र मानवता’ जोगिन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् ।  शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको पृथ्वी र मानवता जोगाउनु भएको भन्दै यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरेको बताए । उनले हिमालहरू सरोकारको विषय नलाग्न सक्छ तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको भन्दै हिमालहरु विश्वकै साझा चिन्ताको विषय भएको बताए ।  उनले भने, ‘सगरमाथा संवादको पहिलो थिम ‘जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य’ रहेको छ । यसले हाम्रो मनको कुरा भन्छ । हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन । यो त हाम्रो दैनिक यथार्थ हो तर, केवल हाम्रो मात्र होइन, विश्वकै साझा चिन्ताको विषय हो । के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ ?, हिमालहरू टाढाका लाग्न सक्छन् तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘के घर के डेरा: घर नम्बर २’देशभर प्रदर्शनमा

निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन्। उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘मर्निङवाक’मा निस्किएकालाई कारको ठक्कर, दुईजनाको मृत्यु

गोरुसिङ्गे-पत्थरकोट सडकखण्डमा मर्निङवाकमा निस्किएका उनीहरूलाई अर्घाखाँचीबाट बुटवल जाँदै गरेको कारले बिहान पौने छ बजे ठक्कर दिएको हो।  गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठकर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ट्रम्पले किन चलाउँदैछन्, भारतमाथि ब्यापारको डन्डा?

युद्धबिरामका लागि ट्रम्पको भूमिकालाई लिएर अहिले भारतीय राजनीति भने विभाजित बनेको छ। र विपक्षीहरूले मोदीको आलोचना गरिरहेका छन्। मोदीले भने पाकिस्तानको हारगुहार पछि युद्धबिराम भएको भन्दै अमेरिकी भूमिकालाई अहिलेसम्म स्वीकार गरेका छैनन्।  ट्रम्प आफैले भारत र पाकिस्तान दुबैलाई अमेरिकाले ब्यापार बन्द गर्ने चेतावनी दिएपछि युद्ध बिराम भएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुरु हुँदै ‘सगरमाथा संवाद’, ‘उच्चस्तरीय’  विदेशी पाहुना आएनन्

‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ नारा दिइएको यो संवाद कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसदेखि छिमेकी अनि अरु पनि कैयौं राष्ट्रका प्रधामन्त्रीहरूलाई समेत निम्तो गरिएको थियो।  तर यी कोही पनि यो संवादमा आएका छैनन्। बिहीबार अबेरसम्म कुनै पनि देशका मन्त्रीहरू सहभागिताका लागि नेपाल आइसकेका छैनन्। आयोजकका अनुसार लगभग आउने सम्भावना पनि छैन। यो संवाद कार्यक्रमको उद्घाटन शत्रमा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको भिडिओ सन्देश भने प्रशारण हुनेछ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बालेनविरुद्ध लागेका ४ वडाध्यहरूमाथि कारबाही, घण्टीकी वडाध्यक्षको इन्ट्री

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूविरुद्ध आलोचना गर्ने ४ वडाध्यक्षहरूको जिम्मेवारी खोसेका छन्। कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी तोकेका हुन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय भित्र्याउन भूमिका खेलेका र आफ्नो आलोचना गरेका वडाध्यक्षहरू बालेनको निशानामा परेका हुन्। जिम्मेवारी गुमाउनेमा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर सूचना प्रविधि समिति र महानगर प्रवक्ताबाट हटेका छन्। उनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति भित्रिएका छन्। यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी सुशासन समिति, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत सम्पदा तथा पर्यटन समिति र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन विधायन समितिबाट बाहिरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सई खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नायव निरीक्षक (सई) राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्। खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका हुन्। सई खड्कालाई एसएसपी रमेश बस्नेतले उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरे। लामो समयदेखि अपराध अनुसन्धान कार्यालयमा कार्यरत खड्काले अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण, संगठित अपराध र फरार अभियुक्त पक्राउमा उत्कृष्ट भूमिका खेलेकोमा पुरस्कृत गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणी अस्पताल विकास समिति सदस्यमा बिमल पौडेल मनोनित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पौडेललार्ई सदस्य मनोनित गरिएको हो। उनी आगामी तीन वर्ष अस्पताल विकास समिति सदस्यको जिम्मेवारीमा रहने छन्। सदस्य नियुक्त भएसँगै पौडेलले अस्पतालको सेवा, सुविधालाई सरल, सहज र आम नागरिकको लागि पहुँच योग्य बनाउने बताए। उनले अस्पतालको सेवा प्रवाह र गुणस्तर वृद्धिका लागि आफुले प्रयास गर्ने बताए। उनी नेकपा(एमाले) पर्सा जिल्लाको सचिवालय सदस्य रहेका छन्। पौडेलले माओवादी पृष्ठभूमिबाट राजनीतिक यात्रा थालनी गरेका हुन्। उनले नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव र महासंघकै मधेस प्रदेश सह-इन्चार्ज को जिम्मेवारी पनि निभाइसकेका छन्। त्यस्तै, उनले राष्ट्रिय युवा संघ पर्शाको पूर्व ईन्चार्जको भुमिका पनि निभाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गभर्नरमा मेरो ल्याउनु कोही छैन, क्षमतावान व्यक्ति नियुक्त हुन्छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हो तर सरकारमा आफू मात्रै नभएको बताएका हुन्। उनले भने, ‘राष्ट्र बैकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मैसँग हारेका व्यक्ति गभर्नरको लाइनमा देखिए, लाज पनि लजायोः सांसद ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन्। बिहीबारको प्रतिनिधिसभामा बोल्दै उनले गभर्नर नियुक्तिमा दुई दलबीच लडाईं चलेको भन्दै उनले दुईवटा गभर्नर बनाएर भागबण्डा मिलाउन सुझाव दिएका हुन्। उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु। चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस्। ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल ‘जलवायु संकट’को चरणमा रहेको भन्दै सांसद घर्तीको चिन्ता

नेकपा एमालेकी सांसद इश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तन न्यायको पक्षमा रहेको बताएकी छन्। बिहीबार प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद घर्तीले सगरमाथा संवाद जलवायु न्यायको पक्षमा रहेकोले यो संवाद जलवायु परिवर्तनको विषय उठाउने उपयुक्त विश्व मञ्चका रुपमा रहेको बताइन्।  ‘सगरमाथा संवाद’ शुक्रबारदेखि हुँदैछ। उनले नेपाल जलवायु संकटको चरणमा रहेको र मौसमी घटनाका कारण विपतका जोखिमले देशलाई ठुलो क्षति गरिरहेको पनि बताइन्। उनले राष्ट्रिय तथ्याङ्क कार्यालयको दोस्रो पारिवारिक सर्वेक्षण अनुसार जलवायु विपत्तिबाट नेपालले वार्षिक ८३ अर्बको क्षति बेहोरिरहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले दिए पुटिनलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्ताका क्रममा ओलीले पुटिनलाई नेपालको औपचारिक भ्रमणको निम्तो सुनाइदिन भनेका हुन्। ओलीले नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद बस्नेतविरुद्ध ‘भ्रष्टाचार मुद्दा’ दायर हुँदा कार्की, बास्कोटा र पूर्व मुख्यसचिवलाई उन्मुक्ति!

बस्नेतसहितविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिरहँदा उक्त प्रकरणमा जोडिएका चर्चित राजनीतिक पात्रहरू र पूर्व प्रशासकहरूले भने उन्मुक्ति पाएका छन्। सोही प्रकरणमा जोडिएका दुई पूर्वसञ्चारमन्त्रीहरू हुन्- कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र एमाले सांसद गोकुल बास्कोटा। त्यस्तै पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले टेरामक्स प्रकरणमा उन्मुक्ति पाएका छन्। एकै प्रकरणमा जोडिएका एउटा मन्त्रीविरुद्ध मुद्दा दायर हुँदा अन्यले उन्मुक्ति पाएपछि अख्तियारको अभियोजनमा प्रश्न उठेको छ। तर अख्तियार स्रोतले पूर्वमन्त्री बस्नेतको एकल निर्णयले भ्रष्टाचार भएको दाबी गरेको छ। स्रोतका अनुसार उनी प्रत्यक्ष जोडिएकाले विरुद्धमा मुद्दा दायर गरिएको हो। तर, कार्की, बास्कोटा र अर्याल प्रत्यक्ष नजोडिएकाले मुद्दा चलाउनुपर्ने स्थिति नरहेको स्रोतको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। टेरामक्स प्रकरणमा अख्तियारले बुधबार विशेष अदालतमा बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बन भएको हो। बस्नेत गत निर्वाचनमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए। भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुद्दाको किनारा नलागेसम्म कुनै पनि राष्ट्रसेवक स्वत: निलम्बन हुने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं