बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूविरुद्ध आलोचना गर्ने ४ वडाध्यक्षहरूको जिम्मेवारी खोसेका छन्।
कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी तोकेका हुन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय भित्र्याउन भूमिका खेलेका र आफ्नो आलोचना गरेका वडाध्यक्षहरू बालेनको निशानामा परेका हुन्।
जिम्मेवारी गुमाउनेमा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर सूचना प्रविधि समिति र महानगर प्रवक्ताबाट हटेका छन्। उनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति भित्रिएका छन्।
यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी सुशासन समिति, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत सम्पदा तथा पर्यटन समिति र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन विधायन समितिबाट बाहिरिएका छन्।
सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा उपनिर्वाचनमा वडा नम्बर १६ मा रास्वपाबाट निर्वाचित अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया