बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्।
शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुभारम्भका लागि डडेलधुरा पुगेका प्रचण्डले त्यहीँबाट फोन गरेका उनको सचिवालयले बताएको छ।
प्रचण्ड स्वयंले पनि देउवालाई फोन गरेको पुष्टि गरेका छन्। प्रेस सेन्टर डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवालाई आफूले डडेलधुरा आइपुगेको जानकारी गराएको र देउवाले स्वागत गरेको बताए।
‘म यहाँ बस्दै गर्दा, यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ। देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो, डडेलधरामा स्वागत भन्नुभएको छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया