बिएल संवाददाता
दिपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ।
सामाजिक कथाबस्तुमा आधारित यस चलचित्रले शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथालाई सजीव ढंगले उजागर गर्न खोजेको छ।
निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन्। उनले यसपटक पनि शहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन्।
फिल्म रिलिजको पूर्वसन्ध्या अर्थात बुधबार काठमाडौंको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा फिल्मको विशेष प्रिमियर शो आयोजना गरिएको थियो।
प्रिमियरमा निर्माण पक्षले बजार, मल र चोकमा भेटिएका १८० भन्दा बढी र्‘यान्डम’ सर्वसाधारणलाई निमन्त्रणा गरेर फिल्म देखाएको थियो।
निर्देशक खनालका अनुसार यो प्रयोग नेपाली फिल्म उद्योगमै पहिलो पटक गरिएको शैली हो।
सेलिब्रिटी अथवा आफन्तहरूले प्रायः सकारात्मक प्रतिक्रिया दिने भएकाले दर्शकको इमान्दार भावना जान्नको लागि सर्वसाधारणलाई सहभागी गराएको निर्देशक खनालले बताए।
प्रिमियरमा सहभागी आम दर्शकहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका थिए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया