 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                सरकारले नारायणी अस्पताल विकास समिति सदस्यमा बिमल पौडेललाई मनोनित गरेको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पौडेललार्ई सदस्य मनोनित गरिएको हो। उनी आगामी तीन वर्ष अस्पताल विकास समिति सदस्यको जिम्मेवारीमा रहने छन्।
सदस्य नियुक्त भएसँगै पौडेलले अस्पतालको सेवा, सुविधालाई सरल, सहज र आम नागरिकको लागि पहुँच योग्य बनाउने बताए। उनले अस्पतालको सेवा प्रवाह र गुणस्तर वृद्धिका लागि आफुले प्रयास गर्ने बताए। उनी नेकपा(एमाले) पर्सा जिल्लाको सचिवालय सदस्य रहेका छन्।
पौडेलले माओवादी पृष्ठभूमिबाट राजनीतिक यात्रा थालनी गरेका हुन्। उनले नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव र महासंघकै मधेस प्रदेश सह-इन्चार्ज को जिम्मेवारी पनि निभाइसकेका छन्। त्यस्तै, उनले राष्ट्रिय युवा संघ पर्शाको पूर्व ईन्चार्जको भुमिका पनि निभाएका छन्।
पर्सामा लोकप्रिय युवा नेताको छवि बनाएका बिमल पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नारायणी अस्पताल सुधारका लागि सक्षम व्यक्ति भएको उल्लेख गर्दै मनोनित गर्न सिफारिस गरेका थिए। सामाजिक तथा राजनीतिक काममा उनको सक्रियता देखेर स्थानीयवासीहरू उनलाई सो ठाउँमा देख्न चाहेका बताउँछन्। पौडेलले अस्पतालको समग्र क्षेत्रको विकासमा मन, बचन र कर्मले ध्यान पुर्याउने स्थानीयले विश्वास व्यक्त गरेका छन्।
वीरगञ्जका क्रियाशिल स्वास्थ्य तथा सामाजिक क्षेत्रका सरोकारवाला निकायबाट पौडेलको मनोनयनलाई खुलेर स्वागत गरिएको छ। अस्पतालमा पारदर्शी, जनमुखी र परिणाममुखी सेवा प्रणाली निर्माण गर्न उनले नेतृत्वदायी भूमिका खेल्ने विश्वास उनीहरूको छ।
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
 
                                    
                                        जलेको सिंहदरबार
 
                                    
                                        जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया