बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन्।
बिहीबारको प्रतिनिधिसभामा बोल्दै उनले गभर्नर नियुक्तिमा दुई दलबीच लडाईं चलेको भन्दै उनले दुईवटा गभर्नर बनाएर भागबण्डा मिलाउन सुझाव दिएका हुन्।
उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु। चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस्। ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस्।’
त्यस्तै उनले आफूसँगै चुनाव लडेर हारेका कांग्रेस नेता विश्व पौडेललाई सरकारले गभर्नर बनाउन लागेको भन्दै विरोध जनाए। उनले नेपाली कांंग्रेसबाट आफूसँगै चुनाव लडेर तेस्रो भएका राजनीतिक दलको सदस्यता लिएका व्यक्ति गभर्नर बन्न नपाउने कानुनी व्यवस्था संसद्लाई जानकारी गराए।
‘आज राष्ट्र बैङ्क ऐन २०५८ को दफा २१ बारे सबै जानकार छौँ होला। राजनीतिक दलको पदाधिकारी वा सदस्य राष्ट्र बैङ्कको गभर्नर हुन अयोग्य हुने भनिएको छ। अहिले चर्चामा जसको नाम आइरहेको छ, समाचारमा आइरहेको छ। हाक्काहाक्की चुनाव लडेको मान्छे, त्यो पनि मैसँग हो फेरि, मसँग तेस्रो भा हो है फेरि। भारी मतले। हाक्काहाक्की गभर्नर भनेर अगाडि सारिएको छ। यो राष्ट्र बैङ्क ऐन २०५८ को दफा २१ सबैलाई जानकारी गराउन चाहन्छु,’ ढकालले भने।
त्यस्तै उनले गभर्नर सिफारिस समितिमै बसेर फेरि मान्छे भेटिएन भनेर आफैं गभर्नर बन्न तम्सिएका पौडेलले दोहोरो चरित्र देखाएको भन्दै व्यंग्य गरे।
ढकालले भने, ‘राष्ट्र बैङ्क ऐन २०५८ को दफा २० मा उच्च नैतिक चरित्र हुनुपर्ने भनिएको छ। यो पो छ त रोचक त । सिफारिस समितिमा आफैँ बस्ने। मान्छे भेटाइएन भनेर तीन महिना पछाडि आफै अगाडि? यहाँभन्दा अर्को रोचक के होला? लाजलाई पनि अब त धेरै लाज लागिसकेको छ।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया