बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धको जोखिमबाट पछि हटेकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन्।
सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती कार्यक्रममा बोल्दै ओलीले ओलीले आफूहरूको पहलमा युद्धको स्थिति टरेको भन्दै सन्तोष व्यक्त गरे। उनले दुई देशबीच हात हालाहालको स्थिति आए पनि संयमताका कारण युद्ध सुरु नपाएको भन्दै प्रशन्नता व्यक्त गरे।
ओलीले भने, ‘हामीले सुरुदेखि नै भन्यौँ, यो हात हालाहालको स्थिति विस्तार हुन नपाओस् है भनेर। उहाँहरूसित पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’
उनले बुद्धको सन्देश जहिले पनि सान्दर्भिक हुने अझ यस्ता युद्धको स्थितिमा त झन बढी सान्दर्भिक हुने बताए। उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया