बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धको जोखिमबाट पछि हटेकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन्।
सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती कार्यक्रममा बोल्दै ओलीले ओलीले आफूहरूको पहलमा युद्धको स्थिति टरेको भन्दै सन्तोष व्यक्त गरे। उनले दुई देशबीच हात हालाहालको स्थिति आए पनि संयमताका कारण युद्ध सुरु नपाएको भन्दै प्रशन्नता व्यक्त गरे।
ओलीले भने, ‘हामीले सुरुदेखि नै भन्यौँ, यो हात हालाहालको स्थिति विस्तार हुन नपाओस् है भनेर। उहाँहरूसित पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’
उनले बुद्धको सन्देश जहिले पनि सान्दर्भिक हुने अझ यस्ता युद्धको स्थितिमा त झन बढी सान्दर्भिक हुने बताए। उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया