बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनए जस्तो संस्थालाई स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन्।
एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा बोल्दै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) राजनीति गर्ने ठाउँ नभएको बताएका हुन्।
उनले भने, ‘हामीले राजनीति गर्ने ठाउँ विदेश होइन। एनआरएनए जस्तो संगठनलाई विभाजन गर्ने प्रयास सफल हुन सक्दैन। स्वार्थका लागि विभाजन गर्न मिल्दैन। यो कुनै पोलिटिकल पार्टीको संस्था होइन यसमा हामीले ध्यान दिनुपर्छ। यस समुदायका हकहितका कुराहरूसँग र देशका लागि के गर्न सकिन्छ त्यसमा यसको सम्बन्ध छ। कहाँ भोट हाल्छ भन्ने आधारमा यस संस्थामाथि व्यवहार गरिनु हुँदैन।’
उनले एनआरएनए संस्था एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था भएको बताए। उनले संस्थाको भलो चिताउने, एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै आफ्नो साथ रहने बताए।
उनले भने, ‘यो एनआरएनए संस्था विवादित बनाउने, विवादास्पद बनाउने संस्था होइन। एकताबद्ध, मेलमिलाप र सुदृढ एकताका साथ अगाडि बढ्नुपर्ने संस्था हो यो नत्र भने यसका उदेश्यहरू पूरा हुन सक्दैनन्। यसका उदेश्य पूरा गर्न जे कारणले यसको स्थापना भएको थियो ति कारणहरू कार्यान्वयन भएका छैनन्। यस संस्थाको भलो चिताउने, यस संस्थाको एकता चिताउने, यस संस्थालाई एकताबद्ध बनाएर अगाडि बढाउने प्रयासमा मात्रै मेरो साथ रहन्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया