बिएल संवाददाता
कृष्ण खतिवडाको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)को बागमती प्रदेश कमिटी चयन गरिएको छ।
शनिबार आयोजित कार्यक्रममा खतिवडाको अध्यक्षतामा निर्विरोध नयाँ कमिटि चयन गरिएको हो।
कार्यसमितिमा अध्यक्ष खतिवडाका साथै बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ र सहकोषाध्यक्षमा देविश्री पन्त निर्विरोध चयन भएका छन्।
यस्तै कार्यसमिति सदस्यहरुमा किशोर गर्तौला, स्वेता सुवेदी, राज हुमागाई, प्रमोश अधिकारी र सुदिप थापा चयन भएका छन।
फिनेका बरिष्ठ उपाध्यक्ष तथा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले विदेशमा रहेका युवा उद्यमी र नेपालका उद्यमीबीच पुलको काम गर्ने बताए।
स्वदेश तथा विदेशमा रहेका उद्यमीहरुलाई संस्थाले सहयोग गरिरहेको जानकारी गराए।
संस्थाले विभिन्नका ९ वटा देशमा शाखा खोलेको उनले बताए। फिनेले नेपालका सातै प्रदेशमा कार्यसमिति विस्तार गर्ने जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया