बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान बिन्दु नै आशाको सञ्चार भएको बताएका छन्।
मंगलबार नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसले देशको विकासमा अवरोध पुर्याउने बताएका हुन्।
उनले देश हाल कुनैपनि प्रकारको द्वन्द्वमा नरहेको तथा सबै मित्र राष्ट्रसँग सु-सम्बन्ध कायम रहेकाले देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गर्दै देश विकासको गतिमा तीव्रता लिने चरणमा प्रवेश गरिएको बताए।
मन्त्री पाण्डेले साहित्यकारहरूले समाजलाई अग्रगमनतर्फ डोहोर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै समाजको प्रवृत्ति सुधारमा उनीहरूको योगदान अपरिहार्य रहेको बताए।
समारोहमा यस वर्ष प्रदान गरिएका प्रज्ञा पुरस्कारहरू निम्नानुसार छन्ः
प्रज्ञा भाषा पुरस्कार २०७८ - श्री चूडामणि रेग्मी
प्रज्ञा सामाजिकशास्त्र पुरस्कार २०७८ - श्री दिल साहनी
प्रज्ञा संस्कृति पुरस्कार २०७८ - श्री डिक बान्तावा
प्रज्ञा बालसाहित्य पुरस्कार २०७८ - श्री शारदारमण नेपाल
प्रज्ञा साहित्य पुरस्कार (पद्य) २०७८ - श्री जसराज किराती
प्रज्ञा साहित्य पुरस्कार (गद्य) २०७८ - श्री कृष्ण धरावासी
प्रज्ञा समालोचना पुरस्कार २०७८ - डा. सुधा त्रिपाठी
प्रज्ञा दर्शन पुरस्कार २०७८ - श्री गोपीरमण उपाध्याय
प्रज्ञा अनुवाद पुरस्कार २०७८ - डा. बलराम अधिकारी
प्रज्ञा अन्तर्देशीय पुरस्कार २०७८ - श्री भविलाल लामिछाने (भारत)
प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारहरूको राशि एक लाख रुपैयाँ रहेको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया