बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पारेका छन्।
पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र एमालेजस्ता बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा नजाने दाबी गरे। उनले ०८४ पछि आफ्नै बलबुतामा सरकारको नेतृत्व लिने बताए।
प्रचण्डले वर्तमान सरकार बिचौलियाहरूले बनाइदिएको आरोप लगाउँदै आफ्नो कुकर्मले सरकार ढल्ने जिकीर गरे। उनले अहिलेको सरकारले नराम्रो भन्दा कुनै काम नगरेको दाबी गर्दै दुई तिहाइको सरकार भएर पनि डरले रुझेको बिरालो जस्तो बनेको टिप्पणी गरे।
उनले भने, ‘यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने एउटा पनि गरेन। सरकार दुई तिहाइको छ तर मनमा डर बोकेर बसेको छ। सरकार डरले रुझेको बिरालो भएको छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया