बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तानबीच युद्ध बिराम भएको समाचार सार्वजनिक गरिरहँदा यी दुई देशका सेनाहरू भने गोली हानाहान गरिरहेका थिए।
उता ट्रम्पले भने सामाजिक सञ्जालमा एउटा सन्देश लेख्दै ‘भारत-पाकिस्तानबीच रातभरिको वार्तापछि युद्ध बिराम सहमति गराउन सफल’ भएकोमा खुसी व्यक्त गरिरहेका थिए।
केहीबेरपछि भारतीय विदेश सचिव बिक्रम मिस्रीले दैनिक प्रेस ब्रिफिङमा ‘युद्ध बिराम’ भएको आधिकारिक जानकारी दिए। त्यतिञ्जेल पाकिस्तानी सरकारले पनि युद्ध बिरामको सन्देश दिइसकेको थियो।
यसरी करिब ८६ घण्टाको घम्साघम्सी साम्य भयो।
पाकिस्तानबिरुद्ध ‘अपरेशन सिन्दूर’ लिएर आक्रमण थालेको भन्दै जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा र वाहवाही भएको थियो, केहीबेरमै भारतीयले इन्दिरा गान्धीलाई सम्झिन थाले र मोदीको आलोचना गर्न थाले।
भारतीय कँग्रेस पार्टीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र अमेरिकाका पूर्व राष्ट्रपति रिचर्ड निक्सनको तस्बीर सार्वजनिक गर्दै केही सन्देश लेख्यो।
‘इन्दिरा गान्धीले निक्सनसँग भनेकी थिइन् कि, हाम्रो शरीरको हड्डी सिधा छ। हामीसँग इच्छाशक्ति अनि संशाधन छ। हामी हर अत्याचारको सामना गर्न सक्छौं। अब त्यो समयको अन्त्य भइसकेको छ कि तीन-चार हजार टाढाबाट कसैले आदेश देओस् र भारतीयले त्यसको पलना गरुन्’ काँग्रेसले लेखेको छ ‘हिम्मत त्यो थियो। त्यही हो भारतका लागि, आफ्नो राष्ट्रका लागि डटेर खडा हुनु भनेको। देशको गरिमा र अस्तित्वसँग कुनै सम्झौता नगर्नू भनेको त्यो थियो, जुन इन्दिरा गान्धीले गरेर देखाइन्।’
यो सँगै कैयौं भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यतिबेला इन्दिरा गान्धीलाई सम्झिरहेका छन् र उनका कैयौ पुराना भिडिओ, फोटोहरू सार्वजनिक गरिरहेका छन्।
‘त्यो अमेरिकाको धम्की थियो। तर इन्दिरा गान्धी डराइनन्। यहाँको हालत के थियो भन्ने कुरा इन्दिरालाई राम्रोसँग थाहा थियो। उनले त्यो बेला भारतको मात्रै गरिमा बचाइनन् बरु पाकिस्तानलाई नै दुई टुक्रा बनाइदिइन्। उनी मात्रै प्रधानमन्त्री थिइनन् एक साहस थिइन्, एक जब्बर सोच थिइन्’ अर्का एकजनाले इन्दिरा गान्धीको तस्विरसँगै यस्तो लेखेका छन्।
१९७१ मा के भएको थियो?
तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र इन्दिरा गान्धीबीचको तनावपूर्ण सम्बन्धका बारेमा कैयौं पुस्तकहरूमा उल्लेख गरिएको छ।
त्यो बेला निक्सन भारत आएका थिए। इन्दिरा गान्धीले उनलाई बीस मिनेटमात्रै भेटेकी थिइन्। त्यही बीस मिनेटमै इन्दिरा यति हैरान भइन् कि उनले आफ्ना विदेश मन्त्रालयका प्रतिनिधिलाई हिन्दीमै सोधिन् ‘यिनलाई मैले कतिञ्जेल झेल्नुपर्ने हो?’
९१७१ को नोभेम्बरमा इन्दिरा गान्धी अमेरिका गइन्। पूर्वी पाकिस्तानमा भइरहेको अत्याचारविरुद्ध विश्वको ध्यान खिच्नु उनको उद्देश्य थियो। निक्सनले इन्दिरा गान्धीलाई लगभग ४५ मिनेट कुराइदिए। केही बेरपछि दुबैबीच बैठक भयो र निक्सनले आफ्नो स्वागत भाषणमा बिहारमा आएको बाढीको क्षतिले अमेरिका दुखी भएको सुनाए तर पूर्वी पाकिस्तानमा भइरहेको तनावबारे एक शब्द पनि बोलेनन्।
त्यसरी निक्सनले इन्दिराको बेइज्जत गर्न चाहन्थे। त्यो कुरा इन्दिराले बुझिसकेकी थिइन्।
त्यतिमात्रै होइन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा अमेरिकी राष्ट्रपतिले सबै राष्ट्रका प्रमुखहरूका लागि एउटा भोजको आयोजना गरेका थिए। तर इन्दिरा गान्धी त्यहाँ थिइनन्। त्यो बेला उनी सपिङका लागि न्यूयोर्कभन्दा धेरै टाढा सहरमा पुगेकी थिइन्। भारतीय कुटनीतिज्ञहरूले उनलाई पटक पटक फोन गरे तर इन्दिरा गइनन्। उनले आफूलाई औपचारिक निमन्त्रणा नभएको भन्दै त्यहाँ जान मानिनन्। त्यो बेला उनले भनेकी थिइन् ‘यदि हाम्रो दूतावासलाई पत्र लेखेर त्यसबारे मलाई जानकारी हुन्छ भने म आउनसक्छु।’
९१७१ को भारत-पाकिस्तान युद्ध भइरहेको थियो। त्यो बेला अमेरिकाले आफ्नो जल सैनिक एक टुकुडी बंगालको खाडीमा पठाएको थियो।
त्यो बेला पनि अमेरिकाले युद्ध बिरामका लागि भारतलाई पटक पटक भनेको थियो। तर इन्दिरा युद्ध रोक्न तयार भइनन्।
पछि इन्दिरा गान्धीले एउटा अन्तर्वार्तामा भनेकी थिइन् ‘त्यो बेला यदि अमेरिकी सैनिकले बंगालमा बस्नुबाहेक अरु कुनै हर्कत गरेको भए वा एकमात्रै गोली चलाएको भए तेस्रो विश्वयुद्ध त्यहिँबाट सुरुवात हुन्थ्यो। तर मलाई एकपटक पनि डर लागेन। किनकि हामी हर चुनौती सामनाका लागि तयार थियौं।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया