बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडल पुर्न आफू कस्सिएर लागेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा उनले विगत वर्षका बजेटहरूले विनियोजन र कार्यान्वयनबीच खाडल बनाएको भन्दै खाल्डो झन् खन्न नभइ पुर्न कस्सिएको बताए।
उनले भने, ‘विनियोजन र कार्यान्वयनको बीचमा ठूलो खाडल छ। यो खाडल खनेपछि खाडल भइ नै हाल्छ। खनेकै खाडल हो। हामीले विगत वर्षका बजेटहरूलाई हेरौं, हामीले खाडल खन्यौं कि खनेनौं? ७ हजार योजनामा ११ हजार योजना थप्यौं, योभन्दा उत्कृष्ट विनियोजन संसारमा खोज्न जानपर्छ। यस्तो उत्कृष्ट विनियोजनको अति उत्कृष्ट कार्यान्वयनको उदाहरण खोज्न पनि कतै जानु पर्ला त? त्यसकारण म के आग्रह गर्न चाहान्छु भने अहिले अर्थमन्त्री खाल्डो खन्न होईन पुर्न कस्सिएको छ र यसमा तपाईंहरूको साथ चाहिएको छ।’
साथै, उनले संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्ने एउटा चुनौती सिर्जना भएको पनि बताए।
उनले भने, ‘म अर्थमन्त्री संविधानको सीमाभित्र बस्न तयार हुनुपर्छ। एउटा चुनौती हामी आफैंले के सिर्जना गरेका छौं भने संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्न, अथवा विनियोजित कुशलताको कुरा गर्न हामी सक्छौं कि सक्दैनौं भन्ने पनि प्रश्न छ। यस्तै चालु खर्चमा वृद्धिको कुरा गर्दा अनुमान गरेको भन्दा बाहिरबाट परिस्थितीहरू सिर्जना हुन्छ।’
दशक-दशकमा पनि पूरा नहुने बहुवर्षिय योजना रहेको भन्दै त्यसको दायित्व कति हुन्छ र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको पनि समस्या रहेको उनको भनाई छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया