
बिएल संवाददाता
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईविरुद्ध उनकै गृह जिल्ला खोटाङमा नाराबाजी भएको छ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका राईविरुद्ध बिहीबार गृह जिल्ला खोटाङमा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन्।
खोटाङको साकेला गाउँपालिकामा कार्यकर्ता भेटघाटका लागि गएका राईले दादागिरि देखाएको भन्दै कांग्रेसकै कार्यकर्ताले उनीविरुद्ध नाराबाजी गरेका थिए। उनलाई साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वको टोलीले विरोध गरेको हो।
मन्त्री राईले गृहजिल्लामा आफू खुसी काम गरेको र तल्लो स्तरका कार्यकर्ताहरूसँग समन्वय नगरी जथाभावी काम गरेको भन्दै आक्रोशित बनेका अध्यक्ष राईको टोलीले उनीविरुद्ध नाराबाजी गरेको हो।
आफ्नै कार्यकर्ताको घेराबन्दीमा परेका राईलाई डीएसपी नेतृत्वको प्रहरी टोलीले सुरक्षा दिनुपरेको थियो। मन्त्री राईले दादागिरी देखाएको भन्दै नेपाली कांग्रेसबाटै गाउँपालिका अध्यक्षमा निर्वाचित रवि प्रकाश राईले उनलाई कार्यक्रम गर्नबाट रोक गरेका थिए।
त्यसपछि मन्त्री राईले अर्को स्थानमा कार्यक्रमको आयोजना गरेका थिए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया