बिएल संवाददाता
अमेरिकी विदेश मन्त्रालयले भारत-पाकिस्तान सीमा नजिकका क्षेत्रहरू र नियन्त्रण रेखा नजिकका स्थानहरूमा यात्रा नगर्न आफ्ना नागरिकहरूलाई निर्देशन जारी गरेको छ।
सीमा क्षेत्रमा आतङ्कवाद र सशस्त्र द्वन्द्वको सम्भावनाका कारण यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको हो। साथै, मन्त्रालयले पाकिस्तानको अन्य क्षेत्रहरूमा पनि यात्रा पूनर्विचार गर्न आग्रह गर्दै ‘रिकन्सिडर ट्राभल’ सल्लाह दिएको छ।
भरत-पाकिस्तान ‘ड्रोन र मिसाइल’ युद्ध चलिरहँदा पाकिस्तानमा रहेको अमेरिकी दूतावासले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई र पाकिस्तान यात्रा गर्न चाहने यात्रुहरूलाई यात्रा पुनर्विचार गर्न बिहीबार ट्राभल एडभाइजरी जारी गरेको हो।
दूतावासले पाकिस्तान र भारतबीचको अवस्था परिवर्तनशील भइरहेकाले यसको विकासक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै यस्तो सूचना जारी गरेको हो।
इस्लामाबादस्थित अमेरिकी दूतावास र कराची, लाहोर, तथा पेशावरमा रहेका महावाणिज्य दूतावासहरू नियमित रुपमा खुला रहेको भन्दै आफ्ना नागरिकलाई नियमित सेवा प्रदान गरिरहेको जनाएको छ।
यदि कुनै अमेरिकी नागरिक द्वन्द्वग्रस्त क्षेत्रमा छन् भने, सम्भव भएसम्म सुरक्षित रूपमा उक्त क्षेत्र छोड्न भनेको छ। यदि सुरक्षित रूपमा बाहिर निस्कन नसके सुरक्षित स्थानमा रहन सुझाव दिएको छ।
पाकिस्तानमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूको पहुँच परिवर्तनशील अवस्थामा छ। केही नागरिक उडानहरू रातभर सञ्चालनमा रहेको रिपोर्ट आएको छ।
बिहीबार बिहान, पाकिस्तान एयरपोर्ट प्राधिकरणले कराची, लाहोर, र सियालकोटका उडान सेवा अस्थायी रूपमा स्थगित गरिएको घोषणा गरेको छ।
अमेरिकी नागरिक यात्रुहरूले आफ्नो उडानको स्थिति एयरलाइन्सका लागि सूचना दिइए अनुसारका एयरपोर्ट र एयरलाइन्स प्रयोग गर्न सूचना जारी गरेको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया