
बिएल संवाददाता
जिल्ला अदालत काठमाडौंले तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बिहीबार न्यायाधीश मोना सिंहको इजलासले राज्य विरुद्धको कसुरमा उनीहरूलाई सातौं पटक म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
रवीन्द्र मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको छ। यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका मिश्रमाथि फेरि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको छ।
मिश्रले आफूलाई मुद्दामाथि मुद्दा लगाइएको भन्दै इजलाशसमक्ष आपत्ति जनाएका छन्। उनले न्यायालयबाट आफूले न्याय पाउने आशा राखेको भन्दै इजलाससमक्ष न्यायको याचना गरेका छन्।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया