सोमबार, ०४ अगस्ट २०२५

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण

धनकुटामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणकाे प्रयास भएकाे छ। मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका ओलीमाथि एक व्यक्तिले कुटपिटकाे प्रयास गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज पनि बढ्यो नेप्से परिसूचक, कुन कम्पनीको कति? 

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) पनि उकालो लागेको छ। पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शोधनान्तर स्थिति रु १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको ४ महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब ३ करोडले बचतमा थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

महेन्द्रको सालिक स्थापनका लागि विवाद भएपछि महेन्द्रनगरमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा हप्ता दिनका लागि निषेधाज्ञा जारी गरेको छ। महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज बिहीबार बिहानदेखि निषेधाज्ञा जारी गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

एलपीएल: धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल प्रवेश

खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरलाई ६७ रनले पराजित गर्दै धनगढी स्पोर्ट्स क्लब लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को सेमिफाइनलमा प्रवेश गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौरीपालनमा आकर्षित गुल्मीका किसान

गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन्। मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्न थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

१४ किलो सुन प्रकरणः सरसफाइ सुपरभाइजर पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विमानस्थल सरसफाइ सुपरभाइजर सुशीला पाण्डे रहेको विमानस्थल भन्सार कार्यालय स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

​​​​​​​दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौंमा चुरोट–सुर्ती  प्रतिबन्ध गराउन नगरप्रहरीको बाक्लो परिचालन, बेचेको पाइए पसलै बन्द गरिने

काठमाडौँ महानगरपालिकामा आज बिहीबारदेखि सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाइएको छ भने समार्वजनिक स्थलमा सेवन गर्न पनि निषेध गरिएको छ। बिक्री वितरणमा रोक लगाएसँग महानगरले उपत्यकमा बाक्लो रुपमा नगर प्रहरी खटाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्पपीडितलाई देखिन थाल्यो झाडापखाला

जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

मिसन ८४ नेपाली जनताको हो:अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टक्सार

नेपाली कांग्रेसको इतर पक्ष भेलाको अन्तर्य

इतर पक्षका केही अनुहारहरु पनि राष्ट्रिय सभामा स्थान पाउने अपेक्षामा दौडधुप गरि नै रहेका छन्। चुनाव त राष्ट्रिय सभाको पनि चुनाव नै हो। न केवल स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा मात्रै। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वगृहमन्त्री खाँणको मुद्धा न्यायाधीश कोइरालाको इजलासमा 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्धामाथि आज (बिहीबार) उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीका ७० प्रतिशत परिवार कृषिमा छैनन् आत्मनिर्भर, मासिँदै उत्पादनशील जमिन

कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेका छन्। राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ। 

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका आफन्त भन्छन्– ‘मन भुलाउनै गाह्रो भएकाे छ’

'एउटा घटना जुन नहुनु थियो त्यो भयो। त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन', मञ्जुले भनिन्, 'छोराछोरीको भविष्यको चिन्ताले सताउँछ। बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन।'

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

विपन्नलाई ५७ लाख बढीको राहत सामग्री वितरण

कोषबाट खाद्यान्नदेखि लत्ताकपडा, भाँडाकुँडा वितरण गरिएको छ। अघिल्लो वर्षको वर्षाले क्षति गरेको हिमा गाउँपालिकाका ९५ बाढीपीडितलाई भाँडाकुडा, आढ्ने आछ्याउने वितरण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला