महेश नेपाली
जुम्लाका विपन्न परिवारलाई ५७ लाख बढीको राहत सामग्री वितरण गरिएको छ। पूर्व राज परिवारकी सदस्य हिमानी शाहको नाममा खेलिएको संस्था ‘हिमानी कोष’बाट उक्त राहत सामग्री वितरण गरिएको हो।
जिल्लाका ८ वटै स्थानीय तहका विभिन्न स्कुलका विद्यार्थी तथा विपतबाट पीडित नागरिकलाई राहत सामग्री वितरण गरिएको कोषका जुम्ला जिल्ला संयोजक गोकर्ण कठायतले बताए।
कोषबाट खाद्यान्नदेखि लत्ताकपडा, भाँडाकुँडा वितरण गरिएको छ। अघिल्लो वर्षको वर्षाले क्षति गरेको हिमा गाउँपालिकाका ९५ बाढीपीडितलाई भाँडाकुडा, आढ्ने आछ्याउने वितरण गरिएको छ।
यो वर्ष तातोपानी गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने नुग्र्या जिउलोमा ब्लष्ट रोग लागेर धान बाली नष्ट गरेपछि ५ सय २७ बोरा चामल वितरण गरिएको छ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले अरुले आश्वासन मात्रै दिएको अवस्थामामा हिमानी कोषले राहत दिएर गुन लगाउने काम गरेको बताए।
हालसम्म हिमाली कोषले जुम्लाका ८ वटा पालिकाका २५ वटा स्कुलमा सहयोग गरेको छ। जसबाट २५ सय भन्दा धेरै बालबालिका लाभान्वित भएकाे कोषको भनाइ छ।
संयोजक कठायतकाअनुसार पछिल्लो समय हिमाली कोषले रुकुम पश्चिममा पनि सहयोग गरिरहेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया