महेश नेपाली
जुम्लाका विपन्न परिवारलाई ५७ लाख बढीको राहत सामग्री वितरण गरिएको छ। पूर्व राज परिवारकी सदस्य हिमानी शाहको नाममा खेलिएको संस्था ‘हिमानी कोष’बाट उक्त राहत सामग्री वितरण गरिएको हो।
जिल्लाका ८ वटै स्थानीय तहका विभिन्न स्कुलका विद्यार्थी तथा विपतबाट पीडित नागरिकलाई राहत सामग्री वितरण गरिएको कोषका जुम्ला जिल्ला संयोजक गोकर्ण कठायतले बताए।
कोषबाट खाद्यान्नदेखि लत्ताकपडा, भाँडाकुँडा वितरण गरिएको छ। अघिल्लो वर्षको वर्षाले क्षति गरेको हिमा गाउँपालिकाका ९५ बाढीपीडितलाई भाँडाकुडा, आढ्ने आछ्याउने वितरण गरिएको छ।
यो वर्ष तातोपानी गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने नुग्र्या जिउलोमा ब्लष्ट रोग लागेर धान बाली नष्ट गरेपछि ५ सय २७ बोरा चामल वितरण गरिएको छ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले अरुले आश्वासन मात्रै दिएको अवस्थामामा हिमानी कोषले राहत दिएर गुन लगाउने काम गरेको बताए।
हालसम्म हिमाली कोषले जुम्लाका ८ वटा पालिकाका २५ वटा स्कुलमा सहयोग गरेको छ। जसबाट २५ सय भन्दा धेरै बालबालिका लाभान्वित भएकाे कोषको भनाइ छ।
संयोजक कठायतकाअनुसार पछिल्लो समय हिमाली कोषले रुकुम पश्चिममा पनि सहयोग गरिरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया