बिएल संवाददाता
                                जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो।
भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुई/तीन दिनयता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताए। ‘गाउँका धेरैलाई पखालाले थला पारेको छ। बालबालिका र वृद्धावृद्ध बढी जोखिममा छन्’, उनले भने, ‘उपचारका लागि खबर गर्दा अहिलेसम्म कोही पनि आएका छैनन्। घर घरमै बिरामी छन्।’
घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन्। एक सय बढी घरधुरी रहेका ती गाउँमा चिसोले गर्दा पखाला, टाउको दुख्ने, बान्ता आउनेलगायतका समस्या देखिन थालेको स्थानीयले बताएका छन्।
स्थानीय धर्मशिला विकले आफू दुई दिनदेखि पखालाले थला परेको बताए। पटकपटक पातलो दिसा लाग्ने, टाउको दुख्ने, वान्ता हुने, मुटु दुख्ने, चक्कर लाग्नुका साथै श्वासप्रश्वासमा पनि समस्या हुन थालेको उनको भनाइ थियो।
‘छ वर्षको छोरालाई पनि पखाला लागेको छ। गाउँमा बिरामी नहुने कोही पनि छैनन्। रुघाखोकी त यो चिसोमा सबैका लागि सामान्य नै भइसकेको छ’, विकले भने, ‘नजिक स्वास्थ्य संस्था पनि छैनन्। निकै गाह्रो भइरहेको छ।’
गाउँमा धेरै बिरामी भएको खबर सुनेपछि वडा नं १ को पिपेमा रहेको स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखामा खबर गरे पनि उपचारका लागि गाउँमा कोही नआएको वडा सदस्य नैनबहादुरले बताए।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा प्रतिक्षा भारतीले दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको खबर आएको बताए। ‘अलि विकट ठाउँ भएको र अबेला खबर पाएकाले बुधबार जान सकिएन’, उनले भने।
आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रभावित क्षेत्रतर्फ जाने भारतीले जानकारी दिएका छन्। उनले भने, ‘बिरामी भएको सुनेको छौँ। चिसो र खानपान नमिल्दा ‘कोल्ड डायरिया’(चिसोका कारण हुने झाडापखाला) को समस्या भएको हुन सक्छ। त्यहाँ पुगेपछि मात्र कति बिरामी रहेछन् र के भएको रहेछ जानकारी हुन्छ।’
जिल्लाका विभिन्न ठाउँमा पखाला, निमोनिया र स्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढ्दै गएका छन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया