बिएल संवाददाता
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्धामाथि आज (बिहीबार) उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
खानको मुद्धा न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ। न्यायाधीश कोइरालाको इजलासको राय अनुसार खाँण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ।
यद्यपी अदालत स्रोतकाअनुसार यो मुद्धाको किनारा आज पनि लाग्ने सम्भावना छैन। यसअघि न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा खाँणको मुद्धा पुगेको हो।
तेस्रो न्यायधीश (कोइराला)ले थुनामा पठाउने वा धरौटीमा छाड्ने आदेशमा समर्थन नगरेर अर्को आदेश दिन सक्ने सम्भावना रहेको अदालत स्रोत बताउँछ। ‘यो मुद्धामा धरौटीमा छाड्ने र थुनामा पठाउने भन्ने दुबै प्रेसर छ। आज पनि यसको सुनाइ हुने सम्भावना छैन। फरक राय आउन सक्छ,’ स्रोत भन्छ।
न्यायधीश कोइरालाले फरक राय पेश गरेमा यो मुद्धाको सुनुवाइ सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया