बुधबार, २७ अगस्ट २०२५

सङ्खुवासभा शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रियो

 पूर्वी जिल्ला सङ्खुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ। भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - किमाथाङ्का

समावेशी, वस्तुपरक र पारदर्शी बजेट ल्याउँछौँः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट समावेशी, वस्तुपरक र पारदर्शी भएर ल्याइने बताएका छन्। नेपाल व्यवस्थापन सङ्घद्वारा आज यहाँ आयोजित पूर्वबजेट छलफल कार्यक्रममा उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा संशोधन गरेर बजेट आउनुभन्दा तीन महिनाअघि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरिएको  जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फिल्मकाे पर्खाइमा अर्जुन कपूर..

बोनी कपूरले अर्जुन कपूरको करियरमा आएका उतारचढावका बारेमा खुलेर कुरा गर्दै आफ्नो अर्जुनले दुख सहनुपरेको पनि बताएका छन्। उनका अनुसार अर्जुन कपूर सही समयको पर्खाइमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दक्षिण चीनमा डुङ्गा डुब्दा आठ जना बेपत्ता

दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले आइतबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सान्या

अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामी’मा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

१ सय २० प्रहरीको थाइराइड परीक्षण

जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत कार्यरत प्रहरीहरूको नि:शुल्क थाइराइड परीक्षण गरिएको छ। विश्व स्वास्थ्य दिवसको अवसर पारेर आज जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरीहरूको नि:शुल्क थाइराइड परीक्षण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन्। भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

चन्द्रागिरिका सबै सामुदायिक विद्यालयमा ‘बालविकास कक्ष’

 चन्द्रागिरि नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयको ‘बालविकास कक्षलाई सबलीकरण’ गरेको छ। अब नयाँ शैक्षिक सत्र (वैशाखदेखि) सामुदायिक विद्यालयमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै, सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूण हत्या आराेपमा जाहेरी दर्ता

प्रहरीका अनुसार एमालेमै आवद्द एक युवतीले उनीविरुद्ध बलात्कार, भ्रूण हत्या र डाँका चोरी मुद्दामा जाहेरी दिएकी हुन्। बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको र २ महिना १५ दिनको भ्रूण हत्या गरेको आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गर्मीयाममा बालबालिकालाई संक्रमणबाट कसरी जोगाउने? (भिडियो) 

बालबालिकालिको हेरचाहमा ध्यान दिन अभिभावकलाई आग्रह गर्छिन्। आफ्नो कुरा अभिव्यक्त गर्न नसक्दा बालबलिकाले थप समस्या भोगेका हुन्छन्। बालबालिकाको समस्या कतिपय अभिभवाकलाई थाहा पनि हुँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फ्रेन्डसिप कपको उपाधि नेपाललाई

नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब न्यायाधीशको परीक्षामा ४० अङ्क ल्याए पनि उत्तीर्ण हुने

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनुपर्ने यसअघिको प्रावधान रहँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएको हुँदा केही परिमार्जन गरेर जानुपर्ने विषयमा सहमति भएको हो। आयोगले यसअघि लिएको परीक्षामा एकजना मात्र उत्तीर्ण भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयरल्याण्डसँग नेपाल ‘ए’को लगातार तेस्रो हार

एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड ‘ए’ले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए। त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, फेरि मन्त्री बने दीपक मनाङे

मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार शपथ गराएका हुन्। अधिकारीसँगै नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेले मन्त्रीकाे शपथ लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

करकाे दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँ: अर्थमन्त्री पुन

‘आगामी आवको बजेट निर्माण गर्दा करका दर घटाउँदा वा बढाउँदा त्यो गर्नुको उद्देश्य स्पष्ट ढङ्गले खुलाउने छौँ, उनले भने, ‘राजस्वको दररेट घटाउनुको बाध्यतासहितको कारण खुलाउने छौँ। यसले विगतका समयमा जस्तै आएको विवादलाई निरुपण गर्ने अपेक्षा लिएका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

२२ दशमलव ७५ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ। परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीमा मन्त्रिपरिषद् गठन, मुख्यमन्त्रीसहित चार जनाले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्। महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दीपेन्द्र पुनले मन्त्री पदको शपथ लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

अब श्रम स्वीकृति लिन कसैकाे पावर लगाउनुपर्दैन: मन्त्री अर्याल

यसअघि चिनेजानेका व्यक्तिले छिटाे श्रम स्वीकृति पाउने र अन्यथा महिनाैँ लाग्ने समस्या थियाे। तर अबदेखि १ घण्टाभन्दा बढी समय नलाग्ने मन्त्री अर्यालले दाबी गरे। उनले सेवामा सुधार भएकाे र अब सरकार वा मन्त्री फेरिए पनि सेवा नफेरिने बताए। उनले सेवा दिने समय घट्दै जाने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएकाे कांग्रेसकाे दाबी

राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा विदेशी लगानीकर्ता आकर्षित छन्?

लगानी बोर्डले भने पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको जनाएको छ। त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि १ खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको लगानी बोर्डको आँकडा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं