बिएल संवाददाता
दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले आइतबार जनाएको छ।
‘युएनन आओयु ३६०६२’ नामक माछा मार्ने डुङ्गा बुधबार मध्यरातमा लेदोङ काउन्टीको यिङगेहाई टाउनबाट २२ नटिकल माइल दक्षिणपश्चिममा पनामाको कन्टेनर जहाज ‘एसआईटीसी डानाङ’ सँग ठोक्किएको थियो।
पानीको मुनिका रोबोटहरू र टाढाबाट सञ्चालित पनडुब्बीजस्ता उन्नत प्रविधिहरूको सहयोगमा खोजी र उद्धार प्रयासहरू जारी रहेका छन्।
माछा मार्ने डुङ्गा डुबेको स्थान शनिबार निर्धारण गरिएको थियो।
तर, उक्त स्थानमा पानीको तीव्र बहाव र डुबेको जहाजको चारैतिर माछा मार्ने जालको कारण गोताखोरको खोजी तथा अभियानमा कठिनाई भएको छ।
हराइरहेका व्यक्तिको खोजीका लागि शनिबार उद्धार डुङ्गा, हवाईजहाज र उद्धारकर्मी पठाइएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया