बिहिबार, २८ अगस्ट २०२५

आणविक प्लान्ट ड्रोन आक्रमणमा आफ्नो संलग्नता नरहेको युक्रेनको भनाइ

युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ। आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - किएभ

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु

मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मापुतो

सुनसरीमा गोली प्रहार गरी लुटपाट गर्ने पक्राउ

सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी रु पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका दुवै जनालाई आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) आगलागी भएको स्थलको अवलोकन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने’

काठमाडौँ महानगरका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने निर्णय स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन्। तीन दिनअघि काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्य सामग्री, पोसाक, शैक्षिक सामग्रीलगायत सामग्री खरिद गर्न बाध्य नगर्न र विद्यालयबाट बेचबिखनसमेत नगराउन सूचना जारी गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आगलागीबाट ३५ लाख बराबरको क्षति

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–२ स्यालामा रहेको खाद्यान्न तथा किराना पसलमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

ह्विलचियर बास्केटबल मंगलबारदेखि, प्रतियोगितामा १३ टोली सहभागी

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन्। नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाको कबर्ड हलमा मंगलबार र बुधबार प्रतियोगिता हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्छ : नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिहेकाे गरेकाे चार वर्षमै निशान र ऋचाकाे ‘डिभाेर्स’

चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गरेका हुन्। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ।साेमबार लागेकाे आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कञ्चनपुरमा घट्दै चैते धानखेती

सिँचाइको सुविधा नहुँदा चैते धानखेती घट्दै गएको जोशीको भनाइ छ। 'यो धानका लागि नियमित सिँचाइ हुने जमिन हुनुपर्छ। सबैतिर सिँचाइ सुविधा पुगेको छैन। बोरिङ हुनेहरुले मात्रै निरन्तरता दिँदै आएका छन्', उनले भने, 'कतिपयले समयमै गहुँ काट्न नसकेर र खाली जग्गा नहुँदा पनि चैते खेतीबाट छुटिरहेका छन्।'

बिएल संवाददाता

बिएल संवाददाता - बेदकोट (कञ्चनपुर)

‘गणतन्त्र मुर्दावाद’ भन्दै राप्रपाले बजायाे शङ्ख (तस्बिरहरू)

सनातन हिन्दु अधिराज्यको पुन: स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपा भाेलिदेखि जनप्रदर्शन गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता

हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ। हेटौँडा– १२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघुउद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - हेटाैँडा

कोशीमा एमाले-माओवादीले थाले सरकार गठनको तयारी

एमाले र माओवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

रञ्जिता-रेशम विवाद: सांसद इन्दिरा गिरीकाे गयाे पद

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाए अनुसार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना सोमबार निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

छानबिन समितिकाे विषयमा रविले भने– प्रश्न मलाई होइन, काँग्रेसलाई सोध्नु

छलफलपछि साढे ३ बजे बाहिरिँदै उपप्रधामन्त्री लामिछानेले समिति गठन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको र छलफलकै क्रममा रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभामुखले बोलाएको बैठक बिना निष्कर्ष सकियो

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद अवरोध गर्ने बताएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्री लामिछानेलाई ‘बलीकाे बाेकाे बनाउन नपाइने’ भन्दै रास्वपाले अस्वीकार गर्‍याे काँग्रेसले राखेकाे छानबिन समितिकाे माग

सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलीको बोका बनाउन नपाइने भन्दै काँग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफूहरुले अस्वीकार गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘रविलाई नछाड्ने’ काँग्रेसकाे नीतिपछि सभामुखले बाेलाएकाे शीर्ष नेताहरुकाे बैठक जारी, रविलाई हेर्दै मुस्कुराए देउवा

सभामुख देवराज घिमिरेले बाेलाएकाे प्रमुख चार दलका शीर्ष नेताहरुकाे बैठक जारी छ। बैठक केहीबेर अगाडि सिंहदरबारस्थित सभामुखकाे कार्यकक्षमा सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादीले छोड्यो कोशी सरकार

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर