बिएल संवाददाता
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका छन्।
नयाँवर्ष २०८१ सालको पूर्वसन्ध्यामा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले निराशाले समस्या समाधान हुन नसक्ने भन्दै नयाँ वर्षमा नयाँ आशा र विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका हुन्।
'विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, विसं २०८१ मा उत्तर खोज्ने गरी राजनीतिक दल अगाडि बढ्नुपर्छ', उनले भने। काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले प्रश्नहरु उठ्दैमा कोही पनि दोषी नहुने भएकाले संसद्मा जोकोहीमाथि उठेका प्रश्नको छानबिन सरकारले गर्नुपर्ने बताए।
उहाँले सहकारी ठगी प्रकरणको छानबिन गर्नका लागि समिति बनाउनुपर्ने आफ्नो मागबाट कांग्रेस पछाडि नहटेको बताएका छन्। 'सहकारीको विषय कांग्रेसले निरन्तर आवाज उठाएको छ, राजीनामा नैतिकताको विषय हो', उनले भने।
अरुलाई प्रश्न उठाउने व्यक्तिले आफूले उत्तर दिन सक्नुपर्ने उहाँको भनाइ छ। नेता पौडेलले मुलुकमा सुशासन ल्याउनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लोे समय एकपछि अर्का काण्ड सार्वजनिक भएको भन्दै सबै काण्डको छानबिन गर्नुपर्ने उल्लेख गरेका छन्। चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ का विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया