बिएल संवाददाता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदीय छानबिन समितिका विषयमा छलफल भइरहेको बताएका छन्।
लामिछाने सहकारी रकम हिनामिना प्रकणमा जोडिएको भन्दै काँग्रेसले संसदीय समितिको माग गर्दै संसद अवरोध गर्दै आइरहेको छ।
संसदमा काँग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि सोमबार सभामुख देवराज घिमिरेल संसद खुलाउने विषयमा शीर्ष दलका नेताहरुसँग छलफल गरेका थिए।
छलफलपछि साढे ३ बजे बाहिरिँदै उपप्रधामन्त्री लामिछानेले समिति गठन गर्ने वा नगर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको र छलफलकै क्रममा रहेको बताए।
पत्रकारले संसदीय छानबिन समितिका विषयमा प्रश्न सोध्न लामिछानेले ‘मलाई होइन। काँग्रेसलाई सोध्नू’ भनेका थिए।
पत्रकारसँग एक मिनेट पनि कुरा नगरेको लामिछानेले हतारिँदै बारिए।
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया