बिएल संवाददाता
आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ।
एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड ‘ए’ले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए। त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए।
त्यसैगरी आयरल्याण्ड ‘ए’ का बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको थियो।
आयरल्याण्ड ‘ए’का लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए।
त्यसैगरी नेपाल ‘ए’ का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक-एक विकेट लिएका थिए।
यो जितसँगै आयरल्याण्ड ‘ए’ ले एकदिवसीय सिरिज ३-० ले जितेको छ। यसअघि आयरल्याण्ड ‘ए’ ले टी-२० सिरिज २-१ ले जितेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया