बिएल संवाददाता
फिल्ममेकर बोनी कपूर यतिबेला अजय देवगनको फिल्म ‘मैदान’को प्रमोशनमा व्यस्त छन्।
हालैको एक अन्तर्वार्तामा उनले फिल्म र छाेरा अर्जुन कपूरबारे बताएका छन्। जुन कुराले दर्शकहरू चकित परेका छन्।
बोनी कपूरले अर्जुन कपूरको करियरमा आएका उतारचढावका बारेमा खुलेर कुरा गर्दै आफ्नो अर्जुनले दुख सहनुपरेको पनि बताएका छन्। उनका अनुसार अर्जुन कपूर सही समयको पर्खाइमा छन्।
बोनी कपूरले एक अन्तर्वार्तामा भनेका छन्, ‘अर्जुन कपूरलाई थाहा छ कि उनले फिल्म छनोट गर्दा गल्ती गरेका छन्। तर अर्जुन सही अवसरको पर्खाइमा छन् र उनको समय अवश्य आउनेछ।’
फिल्ममेकर बोनीले अर्जुन कपूर परिवारमा सबैभन्दा बलियो भएको बताउँदै व्यक्तिगत जीवनदेखि करियरसम्म धेरै उथलपुथलबाट गुज्रनुपरेकाे बताए।
बोनीको सम्बन्धविच्छेदपछि अर्जुनलाई ठूलो झट्का लागेकाे थियाे।
दिवंगत अभिनेत्री श्रीदेवीभन्दा पहिले बोनी कपूरकी पहिलो पत्नी मोना शौरी थिइन्, जो अर्जुन कपूरकी आमा हुन्।
तर बोनीसँग डिभोर्स र त्यसपछि आमाको मृत्युका कारण अर्जुन कपूरले धेरै समस्याको सामना गर्नु परेको थियो।
मोनासँग छुट्टिएपछि अर्जुनले विद्यालयमा यसको परिणाम भोग्नुपरेको बोनीले बताए। उनका कतिपय चलचित्र पनि चलेका छैनन्। यति हुँदाहुँदै पनि अर्जुनले हिम्मत हारेनन्।
अब उनी एउटा राम्राे फिल्मकाे पर्खाइमा छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया