बिएल संवाददाता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
मुख्यमन्त्री महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिएपछि तीन मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका हुन्।
महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दीपेन्द्र पुनले प्रदेश प्रमुखसमक्ष मन्त्री पदको शपथ लिएका छन्।
नवनियुक्त मन्त्रीहरुलाई अहिले मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन।
लुम्बिनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेका महरालाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया