बिएल संवाददाता
संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामी’मा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन्।
मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै ग्राहकबीच झगडा भएपछि सुरक्षा गार्ड, प्रहरी अधिकारी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो।
उक्त घटनामा बन्दुकधारी र सुरक्षा गार्डको मृत्यु भएको छ। डोराल शहरका एक प्रहरी अधिकारी र अन्य ६ जनालाई गोली लागेको छ।
घाइते प्रहरी अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। तर अन्य दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
डोराल प्रहरी र संघीय कानून प्रवर्तन विभागले सशस्त्र आक्रमणका सम्बन्धमा अनुसन्धान भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
अमेरिकमा बन्दुकबाट हुने मृत्युको संख्या सबैभन्दा धेरै रहेको छ। बन्दुक हिंसा अभिलेखअनुसार सन् २०२४ मा हालसम्म अमेरिकामा बन्दुक आक्रमणबाट चार हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सात हजार ५०० भन्दा बढी घाइते भएका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया