
उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन आज
उप-निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो।

बिएल संवाददाता - काठमाडाैं
उप-निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
ओली र देउबाका हात राम्रैसँग मिल्न थालेको देख्दा दक्षिण र पश्चिममा खिचडी पाकिसकेको संकेत मिल्छ। पाकेकै हो भने वैशाख १५ अघि नै कांग्रेस र एमालेको आलोपालो सरकार वा संयुक्त सरकार बन्ने घोषणा भयो भने पनि अचम्म मान्नुपर्ने छैन। नेपाल यसै पनि रात रहे अग्राख पलाउँने देश हो, त्यसमा पनि यहाँको राजनीतिको त कुरै भएन।
बिएल संवाददाता - अमेरिका
रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ। बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन्।
बिएल संवाददाता - रुकुम
लालीगुराँसले राताम्मे जंगल। आँखैअगाडि सेताम्य हिमाल। जंगलबीचमा कतै गोठ भेटिन्छन् त कतै ओडारका बास। डाँडा र हिमालको सौन्दर्यले मोहित हुने जंगलका चरन क्षेत्रमा भेटिन्छन् भेडाका बथान। प्युठानको गौमुखी गाउँपालिका–३ रजवारा नाङ्गीको क्षेत्र निकै रमाइलो र लोभलाग्दो देखिन्छ। गौमुखी–नौबहिनी पर्यटकीय पदमार्गअन्तर्गतको नाङ्गी मेलबास जंगलमा लालीगुराँसको सौन्दर्यमा भेडापालक किसानले महत्त्व थपेका छन्। पुसदेखि जेठसम्म यस आसपासमा भेटिन्छन् २२ वर्षीय निशान्त पुन मगर र ६३ वर्षीय जीवन बुढामगर।
बिएल संवाददाता - स्वर्गद्वारी
रामेछाप घर बताउने एक महिला दाङमा अलपत्र अवस्थामा फेला परेकी छिन्।
बिएल संवाददाता - दाङ
पार्टी एकतापछि २०८४ सम्ममा चुनावी एकता हुने उनको भनाइ छ। 'पार्टीसँगै चुनावी एकताका लागि मेरो अन्तिम कसरत हुनेछ,' नेता खनालले भने।
बिएल संवाददाता - इलाम
हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ। गत फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी दिएका छन्।
बिएल संवाददाता - डोल्पा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छन्। पाल्पाको सामुदायिक रेडियो मदनपोखराको रजत महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चारमाध्यमको सवलीकरण तथा पत्रकारको भौतिक र पेसागत सुरक्षाका लागि तीनै तहका सरकार गम्भीर भएर लाग्न आवश्यक रहेको बताइन्।
बिएल संवाददाता - रामपुर
नेपाली किसानलाई धानखेतीमा प्रोत्साहित गर्दै उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्यले आरजु राइस मिलले विभिन्न ब्राण्डका चामल बिक्री वितरण सुरु गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन्। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताए।
बिएल संवाददाता - गोरखा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताएका छन्। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी गरेको बताए।
बिएल संवाददाता - गोरखा
सरकारका यस्तै निस्फल र नियमित कर्मकाण्डबाट पनि सामुदायि विद्यालयको स्तर उँभो लाग्न नसकेपछि २०७६ सालदेखि राष्ट्रपति कार्यालय आफै सामुदायिक विद्यालय सुधारका लागि एउटा योजना लिएर आयो- ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम।’ तर राष्ट्रकै सर्वोच्च संस्था जोडिएको यो कार्यक्रम पनि उस्तै कर्मकाण्डी बन्यो।
बिएल संवाददाता - काठमाडौँ
नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले आज संयुक्त रुपमा गरेको सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा कानुनमा नै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
‘यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै’, उनले भने, ‘उक्त गठबन्धन खरानीको डल्लोजस्तो थियो, जुन पानी परे पनि फुट्थ्यो, सुके पनि फुट्थ्यो, अहिलेको गठबन्धन कमजोर नभई बलियो छ।’
बिएल संवाददाता - स्याङ्जा
ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा २ हजार बढीको ब्रेन सर्जरी भएको छ। ७ वर्षदेखि न्यूरो सर्जरी सम्बन्धित रोगको उपचार गर्दै आएको अस्पतालले यस अवधिमा २ हजार बढीको सर्जरी गरेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन्। उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका छन्।
बिएल संवाददाता - धनगढी
कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ।
बिएल संवाददाता - सुनसरी
पार्टीका पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत भएको उनले टिप्पणी गरे। स्वतः वरिष्ठ नेताका रुपमा रही दोस्रो वरियताको नेता बन्ने र झन्झट दिने काम गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा एमालेमा त्यस्तो नहुने बताए। आफूले सकुन्जेल काम गर्ने र अध्यक्ष छोडेपछि त्यस्तो झन्झट नदिने उनले स्पष्ट पारे।
बिएल संवाददाता - कास्की
१ .
२ .
३ .
४ .
५ .