मङ्गलबार, ०५ अगस्ट २०२५

सत्ता चलाउनेहरू जनविरोधी हुन् भन्ने ‘भिजिट भिसा’ काण्डले प्रमाणित भयोः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपाली राज्य र सत्ता चलाउनेहरू कुन हदसम्म जनविरोधी छन् भन्ने कुरा भिजिट भिसा काण्डले प्रमाणित गरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले जनताको सुविधाको लागि राज्य बनाए पनि नेपालको राज्य नागरिकलाई दुःख दिने खालको भएको भन्दै यसकारण सदनमा सहमति नगरेर आन्दोलन जारी राखेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलिबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुँदै, कस्तो छ प्राधिकरणको तयारी?

भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बीच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोली (जुन १५ अर्थात असार १) देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ। गत वर्ष असोज १७ मा तीनओटै देशका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा भएको सम्झौता पश्चात नेपालले १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली बेचेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापा पुगेर प्रचण्डले भनेः सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन्। झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँचवटा मोर्चाको संयुक्त सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

०८४ को निर्वाचनमा स्पष्ट ‘बहुमत’ ल्याउने प्रचण्डको ठोकुवा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीप्रति देश तथा विदेशमा जनताको आकर्षण तीव्र गतिमा बढिरहेको दाबी गरेका छन्। शनिबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीद्वारा आयोजित पार्टी प्रवेश समारोहमा बोल्दै उनले आगामी ०८४ सालको आमनिर्वाचनमा माओवादीले स्पष्ट बहुमत ल्याउने ठोकुवा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

‘करेन्ट’ लगाएर माछा मार्ने क्रममा खोलामै ढले दम्पती

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बू छन्। मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

माओवादीप्रति जनलहर बढेपछि ‘घेराबन्दी’ र ‘बदनाम’ गर्ने काम भएको प्रचण्डको गुनासो

मोरङमा विभिन्न राजनीतिक दल परित्याग गरी पार्टी प्रवेश गरेकाहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन्। विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

गगनको जिकिरः कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा मुछिए त्यसको भारी पार्टीले बोक्दैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको भारी सिंगो पार्टीले नबोक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्ति चुकेको अवस्थामा कांग्रेसले कोहीसँग सम्झौता गर्न नसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोदावरीको सुन्दर राष्ट्रिय वनस्पति उद्यान (तस्बिरहरू)

ललितपुरको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्राय: बाह्रै महिना हरियो हुन्छ। दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्वत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो। ८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरू आउँछन्। पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्। ऐंसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन्। प्रकृतिका तीन प्रमुख आकर्षणहरू पुष्प, पुतली र पंक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

पाइलटको त्यो अन्तिम कलः ‘मैले थ्रस्ट पाइरहेको छैन, पावर घट्दैछ, हामी बाँच्दैनौं होला…’

भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा पाइलट सुमित सभरवालले एटीसीलाई पठाएको अन्तिम कल बाहिरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनाको अन्तिम समयमा पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पठाएको ४-५ सेकेन्डको सन्देशमा विमानले थ्रस्ट नपाइरहेको र विमान उठ्न नसकेको जानकारी गराउँदै अब आफूहरू नबाँच्ने संकेत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - अहमदावाद

कानुन सांसदले बनाउने हो, शिक्षक महासंघको हस्तक्षेप स्वीकार्य छैन: सुमना श्रेष्ठ

रास्वपा सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने जिम्मेवारी संसदको भएको बताउँदै बाह्य प्रेसर सह्य नहुने बताएकी छन्। प्रतिनिधि सभाको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै सुमनाले सरकार नेपाल शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता संघसंस्थाको दबाबमा परेको दाबी गर्दै ऐन बनाउँने विषयमा बाह्य हस्तक्षेप सह्य नहुने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘माओवाद’ का नाममा ठगी धन्दा मौलायोः बाबुराम

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी भन्ने पार्टीको नाम प्रयोग गरेर ठगी धन्दा भएको बताएका छन्। शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरूले हिजोको जनयुद्धमाथि न्याय नगरेको भन्दै माओवादको नाममा ठगी धन्दा चलाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री र विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।  प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नीप्रसादको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेका होइनौं- प्रचण्ड

उनले पार्टी अध्यक्ष अग्नी सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको भन्ने प्रतिपक्षको आरोपलाई पनि खण्डण गरे।  ‘यस्ता वाहियात कुराहरूलाई मानिसले प्रचार गरिरहेका छन्। त्यस्तो केही पनि होइन। भिजिट भिसा प्रकरण र अग्नी सापकोटाको मुद्दामा कुनै साइनो सम्बन्ध नै छैन’ प्रचण्डले भने ‘सदन खोल्ने सहमतिलाई सत्तामा जान लागेको हो कि भन्ने पनि छ। तर अहिले माओवादीको ध्यान सत्तातिर छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानले पनि थाल्यो इजरायलमाथि ‘जवाफी आक्रमण’

इजरेली सेनाले इरानमा आक्रमण गर्दै त्यहाँको नतान्जस्थित मुख्य युरेनिअम प्रशोधन केन्द्र र तब्रिजको विमानस्थलमा हमला गरेको छ। इरानले पनि इजरायलविरुद्ध जवाफी कारबाही सुरु गरेको छ। शुक्रबार रातिदेखि इजरायलले इरानमाथि ‘निर्णायक आक्रमण’ सुरु गरेको घोषणा गरेको थियो। ब्लास्टिक मिसाइलहरूबाट इजरायली फौंजले इरानको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने नतान्जस्थित मुख्य युरेनिअम (परमाणु) प्रशोधन केन्द्र र बिमानस्थलमा आक्रमण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुईजना पक्राउ

पर्साको विरगंज महानगरपालिका-१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विरगंज-२ छप्कैया बस्ने २१ वर्षिय राहुल कुमार तिवारी र बाराको प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षिय कौशलकुमार गुप्ता छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

रास्वपालाई गृहमन्त्रीको चेतावनीः पार्टी कार्यालयमा ‘नक्कली पीडित’ खडा गर्न बन्द गर्नुस्

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँझ गर्ने प्रयत्न गरिरहेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरूलाई बोलाएर जाहेरी लेखेर आफ्नोविरुद्ध दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालछाँट गरेर नक्कली पीडित खडा गर्नेहरूको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गर्ने प्रयत्न भयोः रमेश लेखक

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरूमा कुनै सत्यता नभएको दाबी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित, षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हितेन्द्रको गुनासोः ‘विद्युत प्राधिकरण कठिन परिस्थितिमा छ’

शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरण अहिले बीच बाटोमा रहेको बताए। उनले प्राधिकरणलाई अहिले अगाडि बढ्नुपर्ने बाध्यात्मक आवश्यकता रहेको बताए। अहिले ३ हजार ५ सय मेगावाट उत्पादनलाई समेत व्यवस्थित गर्न नसकिएको अवस्थामा सरकारले लिएको २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न धेरै चुनौति रहेको उनले बताए। अहिले विभिन्न कारण र कमजोर प्रशारण लाइनको कारण बेलाबेलामा ट्रिप भइरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालको दाबीः मैले कसैसँग ‘घुस लियो’ भन्नसक्ने मान्छे धर्तीमै छैनन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘माधव नेपाल’ले पैसा घुस कसैसँग लिएको भनेर भन्नसक्ने मान्छे धर्तीमै नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेकपा एस सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले खाएको विष लाग्ने हो नखाएको विष लाग्दैन भन्दै नेपालले घुस खाएको कुरा पुष्टि गर्न चुनौती दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं