मङ्गलबार, ०५ अगस्ट २०२५

एअर इण्डिया दुर्घटना अपडेटः विमानमा सवार सबै यात्रुको मृत्यु…

भारतको गुजरातस्थित अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनामा सबै यात्रुको निधन भएको छ। भारतीय टेलिभिजन एबीपी न्युजका अनुसार दुर्घटनामा विमानमा सवार सबै २४३ यात्रुको निधन पुष्टि भएको छ। २३० यात्रु र चालकदलका १२ सहित २४३ यात्रु बोकेको बोइङ ७८७-८ ड्रिमलाइनर विमान अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा उड्नेबित्तिकै क्र्यास भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो…

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै प्रवेश गरेर ‘जनताको विरुद्धमा फैसला गर्न पाइँदैन’ भन्दै नारा लगाउँदै न्यायाधीश थारुमाथि मोसो छ्यापेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहविरुद्ध अख्तियारमा युवराज सफलको उजुरी

काठमाडौं महानगरपालिकाको कार्यालयमा लिफ्ट जडानका क्रममा अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। विभिन्न अनियमितताविरुद्ध मुद्दा हालेर परिचित युवराज सफलले बालेनले आफ्नो लागि जडान गरिएको लिफ्टमा पनि भ्रष्टाचार गरेको दाबीसहित अख्तियारमा मुद्दा दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपडेटः एअर इण्डियाको विमान दुर्घटनास्थलबाट १०० शव निकालियो…

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थानबाट १०० बढी शव निकालिएको भाष्कर डटकमले जनाएको छ। २३० यात्रु र चालकदलका १२ सहित २४३ यात्रु बोकेर अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा बोइङ ७८७-८ ड्रिमलाइनर विमान उड्नेबित्तिकै क्र्यास भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अहमदावाद

भारतमा भयानक विमान दुर्घटना, २४२ यात्रु बोकेर जाँदै थियो लण्डन…

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। २४३ यात्रु बोकेर अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा बोइङ ७८७-८ ड्रिमलाइनर विमान उड्नेबित्तिकै क्यास भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अहमदावाद

नयाँ पार्टी खोल्दै बालेन, सुमना श्रेष्ठलाई संयोजक बनाउने सहमति !

हाल अमेरिकामा रहेका एक समयका चर्चित लोक गायक भगवान भण्डारीले काठमाडौं महानगरका मेयर बालेन साह र रास्वपा सांसद सुमना श्रेष्ठको संयोजनमा नयाँ पार्टी खोल्ने लगभग पक्कापक्की भएको दाबी गरेका छन्। पुराना राजनीतिक पार्टीबाट वाक्कदिक्क भएका नेपाली युवापुस्ताले बालेनको नेतृत्वमा नयाँ राजनीतिक दलको माग गरिरहेका बेला भगवानको स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुस्ताङ पुगेर प्रचण्डले भनेः माओवादी कांग्रेस-एमाले जस्तो ‘दलाल’को पार्टी होइन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-एमाले गठबन्धनको सरकारले दलालहरूका लागि काम गरिरहेको आरोप लगाएका छन्। मुस्ताङमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी अन्य पार्टीभन्दा फरक रहेको र दलालहरूका लागि काम नगर्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

नेपालमा अपार सम्भावना छ, सदुपयोग गर्न सक्नुपर्छः अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोडियो बालेन-सुनिता संवादहिनता, वडाध्यक्षहरूसहित गोप्य भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनीता डंगोलबीचको संवादहिनता तोडिएको छ। महानगर स्रोतका अनुसार उनीहरूबीच बुधबार (हिजो) कार्यपालिका बैठक र नगरसभा बोलाउने विषयमा गोप्य छलफल भएको थियो। बालेनले तीन फरक-फरक दलबाट निर्वाचित वडाध्यक्षहरूसँग पनि सामूहिक छलफल गरेका छन्। बैठकमा सहभागी एक वडाध्यक्षका अनुसार बालेनले महानगरका प्रवक्तासमेत रहेका १७ नम्बर वडाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नवीन मानन्धर, ३२ नम्बर वडाका एमालेबाट निर्वाचित वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलसँग छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाको नयाँ नीतिले नेपाललाई प्रशव पीडामा पुर्‍यायोः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पीडामा पुर्‍याएको बताएका छन्। बुधबार नेपाल अमेरिका व्यापारः अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन्। उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व सन्ध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ। अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमसीसी अघि बढ्ने संकेत

यो परियोजनामा छनोट भएको लगभग १२ वर्षपछिमात्रै नेपालमा एमसिसीको परियोजना अघि बढेको थियो। अनेक राजनीतिक विवादका बीच २०७८ फागुन १५ गते संसदले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो। यो लगभग ९२ अर्ब बराबरको अनुदान परियोजना हो। सुरुमा ६० अर्ब प्रस्ताव गरिएको थियो। तर विदेशी मुद्रामा आएका परिवर्तनसँगै लागत बढेर ९२ अर्ब पुगेको हो। यसमा नेपाल सरकारले लगभग २६ अर्ब खर्च गर्ने भनिएको थियो।  पाँच वर्षका लागि भनिएको यो परियोजनामा नेपालमा अन्तरदेशीय विद्युत प्रशारण लाइन र केही सडकहरूको विस्तार र मर्मत गर्ने भनिएको थियो। ट्रम्प प्रशासनको निर्णयसँगै नेपालमा पनि यो परियोजना अब सुरु हुन्छ कि हुँदैन भन्ने अन्योल छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाभरि फैलियो आप्रवासी दंगा, ट्रम्प के गर्लान्? (भिडि‌ओसहित)

यो प्रदर्शन अब न्यूयोर्क सहरलगायत विभिन्न मुख्य मुख्य राज्यहरूमा पनि सुरु भएको छ। आप्रवासीहरूको दंगा भड्किएपछि कैयौ दिनदेखि अशान्त क्यालिफोर्नियाको लस एन्जलसमा स्थानीय सरकार कर्फ्यू लगाउन बाध्य भएको छ। एकातिर राष्ट्रपति डोनाल्ड ट्रम्पले हज्जारौं सैनिकहरू तैनाथ गरेर प्रदर्शनकारीमाथि दमन गरिरहेका छन् भने अर्कोतिर स्थानीय सरकारले उनीहरूलाई थेग्न हम्महम्मे पनि परिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धानको उचित मूल्य नपाउँदा किसान निराश

नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन्। मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे  तर प्रतिक्विन्टल मात्र दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन्। गतवर्ष रु तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

प्रतिनिधिसभा बैठक बस्दै, के– के छन् कार्यसूची?

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३:०० बजे बस्ने गरी समय निर्धारण भएको छ। तथापि  ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।  यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज यी चार प्रदेशमा हुनेछ धेरै वर्षा

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बाग्मती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, मधेस, बाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अनावश्यक रूपमा जनसवाल दैनिकको बदनाम गर्न खोजियो– सम्पादक बगाले

'जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन्, यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ। किनकि हाम्रो प्रकाशनबाट प्रकाशित सबै अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपी रहने गरेको छ। उनले आज विज्ञप्ति जारी गर्दै भनेका छन, 'अख्तियारको आरोप पत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संवैधानिक नियुक्तिसम्बन्धी विवादको फैसला असार १८ गते सुनाइने

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरूविरुद्धको निर्णय असार १८ गते तोकिएको छ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँ महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै बुधबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाकाे बैठकमा विपक्षीको अवरोध

विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद छिट्टै खुल्छ– सञ्चारमन्त्री

‘अख्तियारले एउटा कर्मचारी माथी कारवाही सुरु गरेको हो। एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिदै जाने हो भने देखि सरकार नै चल्दैन,’मन्त्री गुरुङले भने, ‘गृहमन्त्रीको राजीनामा आउदैन भनेर मैले त्यो बेला नै भनेको थिए। अहिले जसरी संसद अवरुद्ध भइरहेको छ सत्ता पक्ष र प्रतिपक्ष बिचमा लामै छलफल चलिरहेकोछ। अब आज भोलीमा सम्भवत संसद खुल्ने सम्भावना पनि छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं