मङ्गलबार, ०५ अगस्ट २०२५

सुनिता आहुजाले खोलिन् गोविन्दको ‘राज’

उनका फ्यान र शुभचिन्तकहरूले प्रायः सोध्छन् कि उनको मनपर्ने स्टार किन पर्दाबाट टाढा गए? यो मौनतामा लामो समयदेखि धेरै अड्कलबाजी भइरहेको थियो। तर, अब उनकी श्रीमती सुनिता आहुजा आफैंले यसको जवाफ दिएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित

भीमले सार्कीले अर्धशतक  बनाउँदै ७३ रन बनाए। भीमले ८५ बलमा आठ चौका प्रहार गरे। सोमपालले कामीले ६७, दिपेन्द्र ऐरीले  ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाजातर्फ गइरहेको डुंगा इजरायली सेनाले रोक्यो

समूहले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायली सेनाले सहायता पुर्‍याउन गइरहेका कार्यकर्ताहरूलाई अपहरण ग‍र्यो, जहाजलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइयो, निर्शस्त्र नागरिक चालक दललाई अपहरण गरियो, र जिवनरक्षक सामग्री–जसमा बच्चाका लागि दूध, खाद्यान्न र औषधि सामाग्रीहरू थिए–जफत गरियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लस एन्जलसमा ‘हिंसात्मक प्रदर्शन’, ट्रम्पको ‘राजनीतिक खेल!

लस एन्जलसको मुख्य १०१ फ्रिउवे मार्ग अवरुद्ध गरेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो। ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै कानुन र व्यवस्थाको पुनःस्थापनाको लागि यो कदम आवश्यक रहेको बताएका छन्। तर, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले संघीय सैनिक हटाउन माग गरेका छन्। उनले ट्रम्पको कदमलाई ‘शक्तिको दुरुपयोग’ को संज्ञा दिएका छन्।  उनले ट्रम्पलाई त्यहाँ ‘राजनीतिक खेल नखेल्न भन्दै शान्ति कायम गर्न पनि प्रदर्शनकारीलाई आह्वान गरेका छन्। प्रदर्शनकारी भने सरकारी भवन र सार्वजनिक सम्पत्तिको तोडफोड अनि आगजनीमा समेत उत्रिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलन: पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाल्पा

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। छैटौँ अधिवेशनको २५ औँ बैठक सोमबार दिनको २ बजेका लागि बोलाइएको हो। तर, विपक्षीको अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बर्खा लाग्याे सेलाए राजावादी, हृदयेन्द्र भने सक्रिय (भिडिओ रिपाेर्ट)

यसरी आन्दोलनले गति लिन नपाउँदै राजावादीहरू भने तितरबितर भएका छन्। राजा ल्याएरै छोड्ने घोषणा गरेका राजेन्द्र लिङ्देनले पनि अब बर्खा लागिसकेका कारण ठूलो आन्दोलन नहुने बताइसकेका छन्। उनले वर्खापछि उपयुक्त समयमा आन्दोलनको सुरुवात हुने बताएका छन्।  यो बीचमा पूर्व राजा ज्ञानेन्द्रका नाती हृदयेन्द्र भने चर्चासँगै सक्रिय पनि भइरहेका छन्। केही समयअघि ज्ञानेन्द्र आफैले हृदयेन्द्रलाई लिएर नारायणहिटी दरबार परिसरमा रहेको मन्दिरमा पूजा गरेका थिए। त्यसपछि उनी जेठ १९ गते आफ्ना दरबार हत्याकाण्डमा मारिएका तत्कालीन राजा वीरेन्द्रलगायत परिवारको स्मरणमा कमलादीमा दीप प्रज्ज्वलनमा देखिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिवि क्रिकेट रंगशालाको निरीक्षणमा प्रधानमन्त्री, दुई महिनाभित्र काम सक्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधिन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गरेका छन्। प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा तीनसय दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका छन्। प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहितले हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिमानी ट्रस्टले निर्माण गर्न लागेको ‘बर्थिङ सेन्टर’को शिलान्यास

सुपुत्र हृदयेन्द्रलाई लिएर शुक्रबार जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाहले गुठीचौर गाउँपालिका-१ मणिसागुमा हिमानी ट्रष्टले निर्माण गर्न लागेको अस्पताल (बर्थिङ सेन्टर)को शिलान्यास गरेकी छन्। शिलान्यास कार्यक्रममा बाेल्दै राप्रपा प्रमुख सचेत तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले पूर्वयुवराज्ञी हिमानी शाह सरकार र सुपुत्र हृदयन्द्र सरकारले जुम्लामा उदाहरणीय काम गरेकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपाल भन्छन्ः कार्यकर्तालाई समर्पित बनाउने हो, ‘झोले’ होइन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन्। आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस् भन्दै सुझाए। उनले भने, ‘वर्तमान सरकारका तौर तरिकालाई हेर्दा दिक्क लागिरहेको छ। त्यसैले सरकारलाई बेलाबेलामा सुझाव दिइरहेको छौं। सरकार गलत बाटो नहिडोस्, गलत दृष्किोण त्यागोस्। आग्रहपूर्वाग्रह नलियोस्। देश र जनताको कल्याणको निम्ति इमान्दारिताकासाथ लागोस्। आफ्नो कार्यकर्तालाई समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हैदराबादमा ‘लिभ इन रिलेसनसिप’मा रहेकी नेपाली महिलाको हत्या

भारतको तेलंगाना राज्यको हैदराबादमा लिभ इन रिलेसनसिपमा रहेकी एक ३३ वर्षीया नेपाली महिलाको हत्या भएको छ। सँगै बस्दै आएकी साथी तारा बोहराको हत्या आरोपमा भारतको प्रहरीले ३० वर्षीय नेपाली नागरिक विजय तोप्पा पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ताराको हत्या गरेर शव झोलामा राखिएको अवस्थामा जुन ४ मा हैदराबादनजिकैको एक आवासीय क्षेत्र बचुपल्लीमा फेला परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

‘मातृभूमि जागरण’को अभियानमै व्यस्त छन् भीम रावल, बाँकी कुरा हल्ला हुन्’

मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावल यतिखेर देश दौडाहामा छन्। संगठन निर्माणका लागि विभिन्न जिल्ला धाइरहेका उनी पार्टी घोषणाको अन्तिम तयारीमा जुटेका छन्। देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्मााण गर्ने योजनामा रहेका उनले आफ्नो गृहजिल्ला अछामसहित विभिन्न जिल्लाको भ्रमण गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

देउवालाई ढुक्क बनाउने ओलीको प्रयास, भनेः १३ महिनापछि सत्ता हस्तान्तरण गर्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट पारेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारमा सामेल हुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपक्षी दलको बैठक लगत्तै कांग्रेस नेता भेट्न पुगे माओवादी नेताहरू

प्रतिनिधि सभामा जारी अवरोध बारे छलफल गर्न बसेको विपक्षी दलहरूको बैठक सकिएको छ। बैठक सकिए लगत्तै माओवादी नेताहरू कांग्रेस नेताहरूसँग छलफलमा जुटेका छन्। खुमलटार स्रोतका अनुसार अध्यक्ष ‘प्रचण्ड’को सन्देश लिएर शक्ति बस्नेतलगायत नेताहरू कांग्रेसका नेताहरूलाई भेट्न गएका छन्। विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न छानबिन आयोग बनाउने मागबाट पछि नहट्ने निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेलिकमकी प्रवन्ध निर्देशक संगिता पहाडीसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोप पत्रसहित)

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।  अख्तियारको आरोपपत्रमा जनाइए अनुसार टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) पहाडी तथा एसियाइन्फो योङ्हाङ्ग सफ्टवेयर बेइजिङ लिमिटेड चाइनासमेत १८ जना उपर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानी नोक्सानी गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजबाट सदनमा पेलेरै अघि बढ्ने सत्तारुढ दलको तयारी!

संसदको अवरोध खुलाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुराकानी मिल्न नसकेपछि सत्तारुढ दलहरू अब पेलेरै अघि बढ्ने रणनीतमा लागकेा छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै प्रतिपक्षीहरूले सदनमा अवरोध गर्दै आएका छन्। लामो समयदेखिको सहमतीको प्रयास असफल भएपछि सत्तारुढ दलहरू अब सदनमा पेलेरै अघि बढ्ने रणनीतिमा पुगेका हुन्। सभामुख देवराज घिमिरेसँग सिंहदरबारमा भएको छलफलबाट बाहिरिने क्रममा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब प्रतिपक्षको अवरोध जारी रहेपनि संसद चलाउने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं