मङ्गलबार, ०५ अगस्ट २०२५

कोशीमा हराएका सशस्त्रका दुवै गोताखोरको शव भेटियो

कोशी ब्यारेजमा विपद उद्दार अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका दुवै गोताखोरको शव फेला परेको छ। शुक्रबार शुक्रबार जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो। आइतबार बिहान अर्का जवान सुरज साउदको शव फेला परेको हो। सुरजको शव ५५ नम्बरको ढोका नजिक फेला परेको हो। उनी नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए। त्यस्तै अर्का जवान हरदेव भने नं १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको अवरोध हटाउन सभामुखको प्रयास जारी, तीन दलका प्रमुख सचेतसँग छलफल

सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन्। संसदको गतिरोध हटाउने सभामुखको तयारीको निरन्तरता स्वरुप आइतबार सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका छन्। सदनमा प्रतिपक्षीको अवरोध जारी रहेपछि सभामुख रुष्ट बनेका छन्। उनले सचेतकहरूलाई सदनमा अवरोध हुँदा बजेटमाथिको छलफल सुरु हुन नसकेकोतर्फ ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य तीन हजारले घट्यो

आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धरापजस्ता छन् काठमाडौंका सडकहरू

बनिनसक्दै भत्काउँदै जाने सरकारी निकायका प्रवृत्तिका कारण राजधानीका मूल सडक अनि भित्री बाटाहरूसमेत धरापजस्ता बनेका छन्।  खानेपानी, टेलिकम, विद्युतलगायतका पूर्वाधारहरू पनि यिनै सडकमा छन्। जसका कारण एकपछि अर्को गर्दै सडकहरू जथाभावी खन्ने तर लामो समय त्यत्तिकै अलपत्र पार्ने प्रवृत्ति छ।  एउटा संरचना बनिनसक्दै अर्को निकायले त्यसलाई फेरि खोतल्न सुर गरिहाल्छ। जसका कारण सवारी गुड्ने सडकहरूमात्रै होइन फुटपाथसमेत हिँड्न लायक छैनन्।  राजधानीका मुख्य सडकका केही तस्वीरहरू:

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आप्रवासी पक्राउ परेपछि अमेरिकामा हिंसा भड्कियो

लस एन्जलसमा त्यहाँको आप्रवासन तथा भन्सार प्रवर्तन (आईसिई) ले आप्रवासन सम्बन्धि नियम उल्लंघन गरेको भन्दै ४० भन्दा धेरै आप्रवासी गिरफ्तार गरेको थियो। त्यसको विरोधमा त्यहाँ हुलका हुल मानिसहरू प्रदर्शनमा उत्रिए।  त्यसलाई रोक्नका लागि सुरक्षाकर्मीले अश्रुग्याससमेत हानेका थिए। त्यसपछि भड्किएका प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कहाँसम्म पुग्ला ट्रम्प-एलोनको लडाईं? (भिडिओसहित)

त्यसमा उनले भनेका छन् ‘हो मलाई त्यस्तै लाग्छ। अब जुन नजिकको सम्बन्ध थियो त्यो सायद सकिएको छ।’  त्यसपछि ट्रम्पलाई सोधियो ‘अब फेरि त्यो सम्बन्ध सुधार्न चाहनुहुन्छ?’ जवाफमा ट्रम्पले भने ‘अब त्यस्तो हुनेछैन। त्यो सकिएको सम्बन्ध फेरि पहिलाको जस्तो हुनेछैन।’ पछिल्ला केही दिनयता ट्रम्प र अर्बपति अमेरिकी ब्यापारी मस्कबीच सामाजिक सञ्जालमा भनाभन हुँदै आएको छ। दुबैजना एकअर्काको मानमर्दन नै हुनेगरी वाकयुद्धमा उत्रिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरिन्। ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ। यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गरेका हुन्। कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको पहिलो पाठी सापकोटालाई उपहारस्वरुप प्रदान गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

वीरगञ्जस्थित बाल उद्यान अब शङ्खधर साख्वः उद्यान

वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क)का रूपमा सञ्चालनमा ल्याएको छ। सो उद्यान लामो समयदेखि बन्द रहेको थियो। विगतमा १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कको अतिक्रमण हटाउँदै अहिले भने दुई बिघा क्षेत्रमा फैलिएको छ। वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले शङ्खधर साख्वः उद्यान केवल सौन्दर्यकरणको परियोजना मात्र नभएर वीरगञ्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

प्रतिनिधिसभा बैठक आज बस्दै

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजकाे माैसमः यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पूर्वाग्रह राखेर मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु : माधव नेपाल (भिडि‌ओसहित)

‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ। हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्, बद्लाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ’ उनले भनेका छन् ‘त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ। भ्रष्टाचारको केस जसमा निर्णायाकको आधार चाहिन्छ। माधव नेपालले कसैसँग एक पैसा घुस लिएको भएँ, एकदाम जग्गा घुस लिएको भएँ, अनुचित काम गरेको भएँ, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भएँ त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीका हप्ता दिन : सरकार, संसद र सडकमा रमिता छ, आफूचाहिँ ‘आत्मरति’मै

देश अहिले राजनीतिको अस्थिरतामा डिलमा छ। सरकारमा उस्तै छ। संसद अनि सडकहरू पनि शान्त छैनन्। तर देशको कार्यकारी प्रधानमन्त्री भने बाहिरबाहिर कार्यक्रमहरूमा रमाइरहेका छन्। अनि आत्मरतिमै मस्त छन्।  प्रधानमन्त्री ओलीले हप्ता दिनभित्र संसद चलाउने आश्वासन दिएका थिए। उनले प्रतिपक्षसँग संवादको प्रयत्न गरेको भन्दै आफूलाई संवादप्रति प्रतिबद्ध देखाउने प्रयास गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको अराजकताविरुद्ध बोल्न नसक्नेहरू नेपाली काँग्रेस हुनै सक्दैनन् : शेखर कोइराला

‘हामी सरकारमा मात्रै छौं। सत्ताको चाँवी त अहिले पनि बामपन्थीहरूसँग छ। अहिले हामी सबैभन्दा ठूलो पार्टी छौ। तर हामी तीन बर्षदेखि कहा छौ? सोध्नु भयो वा सोच्नु भयो? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ? सबैभन्दा ठूलो पार्टी हुदाँहुदैँ पनि करिब तीन वर्षदेखि केही भएको छैन् भनेर कसैले कसैलाई प्रश्न गर्दैन्’ उनले भने ‘नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो। तर किन बन्यो भनेर प्रश्न गर्दैनौ। नेताहरुलाई कार्यकर्ताहरुले प्रश्न गर्न सकिदैँन् भने दास हुन्छन् र तपाई हामी कसैको दास होइन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा चार नेपाली मृत फेला, प्रहरीले के भन्यो?

घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। एउटा अपार्टमेन्टको भुइँतलामा बस्ने उनीहरूसँग सम्पर्क हुन नसकेपछि घरधनीले प्रहरीलाई सुरक्षा जाँचका निम्ति खबर गरेका थिए।  स्थानीय प्रहरी पुगेर उनीहरूको अपार्टमेन्टमा हेर्दा सबैजना एकै ठाउँमा मृत फेला परेका हुन्। उनीहरूको स्थानीय अस्पतालमै पोस्टमार्टम गरिएको छ।  मनासस पार्कको स्थानीय प्रहरीले घटनास्थलबाट पेस्तोल समेत भेटिएको जनाएको छ। मृत भेटिएका चारै जनालाई पनि गोली लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगरबाट शेखर समूहको अभियान :  ‘रि-भिजिट बिपी, रिभाईभ कांँग्रेस’

भेलाले १५औँ महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने भन्दै दबाब बढाउने निर्णय समेत गरेको काँग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार भेलामा १५ औँ महाधिवेशनको सुनिश्चितता, तीनै तहका सरकारमा कांग्रेस र उपलब्धिहरू, कोशी प्रदेशको सङ्गठन, चुनौतीहरू र समाधानका उपायहरूका विविध पक्षमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तस्वीर र भिडिओमा हेर्नुहाेस्, वकर-ईदकाे उल्लास

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर इद मुस्लिम समुदायले देशभरका मस्जिदमा मनाउँदै छन् । इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हज-यात्रा : अमेरिकी हतियारले घेरिएका ‘मक्का-मदिना’

खासमा उसले देखाएको डिफेन्स सिष्टम अमेरिकामा निर्मित हो। जसलाई पेट्रिएट मिसाइल सिस्टम (एमआईएम-१४०) भनिन्छ। यसले आकाशबाट प्रहार गरिएका सबैप्रकारका हतियारहरू आकाशमै नस्ट गरिदिनसक्छ र निकै लामो दूरीमा मार हान्न पनि सक्छ। अमेरिकासहित विश्वका १९ देशहरूमा मात्रै यस्तो प्रणालीको हतियार छ।  अमेरिकाका लागि साउदी अरब सबैभन्दा ठूलो हतियार खरिदकर्ता हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदीलगायत यूएई र कतारको पनि भ्रमण गरेका थिए। त्यसक्रममा साउदीले अमेरिकासँग लगभग १४२ अर्ब डलरको हतियार खरिन गर्ने सम्झौता गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका-चीन : दुई शक्ति राष्ट्र अब सम्झौताको बाटोमा

अमेरिका-चीन : दुई शक्ति राष्ट्र अब सम्झौताको बाटोमा लामो विवाद अनि अनेक आरोप प्रत्यारोपका बीच अमेरिका र चीन अब सम्झौताको बाटोमा अघि बढेका छन्। संसारकै दुई ठूलो अर्थतन्त्र भएका यी शक्ति राष्ट्रबीच चुलिएको ब्यापार टकरावका कारण पूरै विश्वबजार तरंगित भएको थियो। अब दुबै देश ब्यापार सम्झौतालाई थप सहज बनाउनका लागि वार्तामा बस्न तयार भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार यही जुन ९ मा दुबै देशका प्रतिनिधिहरू लण्डनमा बसेर आगामी ब्यापारको बाटो तय गर्नेछन्। ‘अमेरिकी वित्तमन्त्री स्कट बसेन्ट, वाणिज्य मन्त्री हार्वर्ड लुटनिक तथा ब्यापार प्रतिनिधिहरू आगामी सोमबार लण्डनमा हुनेछन् र त्यहाँ चिनियाँ प्रतिनिधिसँग भेट गर्नेछन्’ ट्रम्पले भनेका छन् ‘यो बैठक दुई देशबीच ब्यापार सम्झौताका लागि निकै फलदायी हुनेछ। र यो जानकारी दिँदै गर्दा मलाई खुसी लागिरहेको छ।’ यसअघि शुक्रबारमात्रै अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच टेलिफोन वार्ता भएको थियो। यो फोनकलका लागि ट्रम्प आफूले निकै लामो समय प्रतीक्षा गरेको बताएका थिए। दुई राष्ट्रपतिबीच दुईपक्षीय ब्यापार तथा आपसी हितका बारेमा कुराकानी भएको थियो। टेलिफोन वार्तापछि ट्रम्पले आफू चाँडै नै चीन भ्रमणका लागि इच्छुक रहेको बताएका थिए। त्यो वार्तामा उनले चिनियाँ राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्तो पनि दिएका छन्। गत महिनामात्रै दुबै देशका प्रतिनिधिहरूबीच जेनेभामा बैठक भएको थियो। उक्त बैठकमा दुबै राष्ट्र एकअर्कामाथि लगाइएको भन्सार कर कटौती गर्न सहमत भएका थिए। ट्रम्पले चीनमाथि कर थप्दै थप्दै १४५ प्रतिशतसम्म पुर्‍याएका थिए। चीनले पनि अमेरिकी सामग्रीमाथि १२५ प्रतिशतसम्म कर घोषणा गरेको थियो। तर जेनेभा बैठकबाट अमेरिकाले चिनियाँ वस्तुमाथि ३० प्रतिशतमात्रै कर लिने र चीनले पनि अमेरिकी सामग्रीमा १० प्रतिशतमात्रै कर लिने सहमति भयो। अब लण्डन वार्ताले यसको स्थायी समाधानको बाटो पहिल्याउने विश्वास ट्रम्पको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ कर्णालीको मौलिकतामा आधारित बजेट ल्याउने तयारी छ : मन्त्री शाह

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको सामाजिक, आर्थिक, भौतिक र मानवीय विकासमा केन्द्रित बजेट ल्याउने बताएका छन्। कर्णालीको भौतिक विकास तथा विभिन्न सम्भावनाहरुको पहिचान गरी त्यसको माध्यमबाट आर्थिक विकास गर्न सक्ने गरी बजेट ल्याउने उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत