मङ्गलबार, ०५ अगस्ट २०२५

खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास  खुमलटारमा बसिरहेको छ। बिहिबार बिहानदेखि जारी बैठकमा सर्वोच्च अदालतले माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरूद्ध दिएको उत्प्रेषण आदेशबारे छलफल भइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्पको डर : यी १२ देशका नागरिक अमेरिका छिर्न नपाउने

नयाँ कार्यकारी आदेशबारे बताउँदै ट्रम्पले एउटा भिडिओ पनि सार्वजनिक गरेका छन्। जसमा उनले अमेरिकाको भीसा पाएर छिरेका ‘खतरनाक देशका मानिसहरूबाट अमेरिकामा’ निरन्तर ‘आतंकवादी आक्रमण हुँदै आएकोले यस्तो निर्णय गरिएको बताएका छन्।  उनले यसअघि जो बाइडन राष्ट्रपति हुँदा उनले लिएको ‘ओपन डोर पोलिसी’का कारण अमेरिका असुरक्षित हुँदै गएको पनि आरोप लगाएका छन्।  यसअघि अमेरिकाका एकजना उच्च सैन्य अधिकारीले केही अफ्रिकी आतंकवादी समूहहरूले अमेरिकामाथि आक्रमण गर्ने तयारी गरिरहेको खुलासा गरेका थिए। केही गोप्य सूचनाहरूका आधारमा उनले ती आतंकवादी समूहहरू समयको पर्खाईमा भएको र उपयुक्त मौका छोपेर अमेरिकामाथि भीषण आक्रमणको तयारी गरिरहेको भन्दै चेतावनी दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले प्रकृतिमुखी जीवनशैली अवलम्बनमा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दा जैविक विविधतामा खतरा निम्त्यायो : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युवाहरूलाई ओलीको प्रश्नः उद्यमशीलताको विकास नगरी कहाँबाट आउँछ रोजगारी?

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारी जागिर सीमित हुने र एक प्रतिशतले पाउने भन्दै उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाए नभएको बताए। उनले भने, ‘मैले धेरै पहिलादेखि भनिरहेको छु अहिले पनि त्यही भन्छु उद्यमशीलताको विकास गर्नुपर्छ। उद्यमशीलताको विकास नगरीकन रोजगारीको अवसर कहाँबाट आउँछ? हामीले सरकारी जागिर मात्र खोज्ने हो भने त कहिले एउटा रिटायर्ड होला र मौका पाउँला भनेर बस्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भित्ता फोडेर तीन घरमा चोरी, चोर खोज्दै प्रहरी…

रौतहटको गौर नगरपालिका-६ सबगढामा तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ। चोरको समुहले स्थानीय भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरको भित्ता काटेर नगद, गहना लगायतको धनमाल चोरी गरेर लगेका हुन्। प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराति तीन घरमा चोरी भएको देखिएको छ। तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

‘जुनसुकै बेला जेसुकै हुनसक्छ’ भनेर विपदको तयारीमा लाग्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ‘जुनसुकै बेला जेसुकै हुन्छ’ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। बुधबार सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन्।  ‘जुन सुकै बेला जेसुकै हुन सक्छ। त्यो मानसिकताका साथ बस्नुपर्छ। मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ। तर, भुकम्प र आगलागीको पूर्वानुमान हुँदैन,’ उनले भने, ‘हामी मनसुनको पूर्वसन्ध्यामा छौं। मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ। त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादी भेलामा लिङदेन नआएपछि लफडा, बैठक नै स्थगित…

बुधबार बसेको राजावादीहरूको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ। दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो। राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए। विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो। त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैं माइक लिएर सम्बोधन गरे। उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पीएसओ खोसिएपछि सभामुख गुहार्दै राप्रपा सांसदहरू

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू सभामुख देवराज घिमिरेलाई भेट्न पुगेका छन्। आफ्ना सांसदहरूको पीएसओ खोसिएपछि उनीहरूले बुधबार सभामुखलाई भेटेर गुनासो पोखेका हुन्। पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित सांसदहरूले सभामुख भेट्न पुगेका थिए। प्रमुख सचेतक शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले केही दिनअघि फिर्ता गरेको थियो।  प्रतिनिधि सभाको बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले राजावादीको आन्दोलन नरोकिएसम्म राप्रपा सांसदहरूलाई दिइँदै आएको पीएसओ उपलब्ध नगराउने बताइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्याम्फू’ले जुराइदिएको विराट–अनुष्काको जोडी

८ वर्षको पर्खाइपछि विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको उपाधि जितेको छ। यो जितसँगै मैदानमै विराट कोहली रोएका छन्। विराट आफ्नी श्रीमती अनुष्का शर्मालाई अँगालो हाल्दै रोए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्जुन लामा हत्या प्रकरणः पूर्वसभामुख सापकोटाविरुद्ध सुनुवाइ सकियो

काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको रिटमा सुनुवाइ सकिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल,  कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो। सापकोटाको तर्फबाट बुधबार वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका थिए। त्यसअघि निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको अवरोध खुलाउने सभामुखको प्रयास विफल, संसद बैठक अनिश्चित!

प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहिन भएको छ। संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा सत्ता र प्रतिपक्ष दुवै आ-आफ्नो अडानबाट पछि नहटेपछि बैठक बिनानिष्कर्ष टुंगिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान राखेका थिए। सत्तापक्षले भने समिति गठन नगर्ने तर, गृहमन्त्रीले सदनमा जवाफ दिन पाउनुपर्ने अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने घटनाका ३९ अभियुक्तहरूको एकैसाथ ‘थुनछेक’ बहस सुरु

गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा बुधबार दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु भएको हो। न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो। जेठ ११ गते अदालतमा अभियोग पत्र दर्ता भएकोमा त्यसयता बकपत्र चलिरहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीयताबाट पछाडि फर्किए मुलुक ‘अन्धकार’तर्फ धकेलिन्छः गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले संघीयताबाट पछाडि फर्कने विषयले मुलुकलाई अन्धकारतर्फ लैजाने बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। गणतन्त्र, संघीयता र समावेशिताबाट पछाडि फर्कने विषयले मुलुकलाई फेरि अन्धकार तिर लैजाने बताउँदै मन्त्री लेखकले केही राजावादी संस्थाहरूले गरिरहेको कुराको पछाडि नलाग्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अझै सुरु हुन सकेन संसद बैठक, सभामुखले थाले छलफल

प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै बस्न सकेको छैन। भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेपछि बैठक बस्न ढिलाइ भएको हो। प्रतिपक्षी आफ्नो अडानबाट ब्याक नभएपछि सभामुखले दलका प्रमुख सचेतक/ सचेतकहरूसँग संसदको अवरोध हटाउने वियषमा छलफल थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादी आन्दोलनको स्वरुप फेरिँदै, नयाँ रणनीति बनाउन मोर्चाको बैठक आह्वान

राजसंस्था र हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरिरहेको राजावादीहरूको संयुक्त जनआन्दोलन समितिको बैठक बस्दैछ। बुधबार नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो। बैठकमा संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट पहिलो चरणको एक हप्ता लामो राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग गर्दै आन्दोलन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानवता भन्दा माथि कुनै जात छैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिंदै मानवता भन्दामाथि कुनै जात नहुने बताएका छन्। बुधबार छुवाछूत उन्मूलन दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत उनले आमाले जात नजन्माउने मानव जन्माउने बताएका हुन्। उनले लेखेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्कटल्यान्डविरुद्ध ‘सनसनीपूर्ण’ जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्स विरुद्ध खेल्दैछ। पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराको नेपाल बुधबार नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे खेल्दैछ। नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिदेशीय खेलमा नेपाल आज दोस्रो खेल खेल्दैछ। सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं