बिएल संवाददाता
रौतहटको गौर नगरपालिका-६ सबगढामा तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ।
चोरको समुहले स्थानीय भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरको भित्ता काटेर नगद, गहना लगायतको धनमाल चोरी गरेर लगेका हुन्।
प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराति तीन घरमा चोरी भएको देखिएको छ। तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए।
चोरीको घटनापछि चोरहरूको खोजी कार्य भइरहेको उनले बताए। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया