मङ्गलबार, ०५ अगस्ट २०२५

‘जिस्किएको’ भन्दै फलाम काट्ने ‘ग्रेन्डर’ले बालकको लिङ्ग काटिदिएपछि…

मोरङको पथरीशनिश्चरे नगरपालिका-६ मा फलाम काट्ने ग्रेन्डरले एक सात वर्षीय बालकको लिङ्गको टुप्पो काटिएको छ। जिस्किने क्रममा ग्रील पसल सञ्चालकले फलाम काट्ने ग्रेन्डर चलाउँदा बालक घाइते भएका हुन्। सोमबार बेलुका स्थानीय मही चौधरीको ग्रील पसलमा खेलिरहेका बेला सोही टोलका किरण चौधरीका छोरा घाइते भएका हुन्। प्रहरीले जनाएअनुसार ग्रेन्डरमा ब्लेड घुमाइरहेका बेला जिस्किने क्रममा बालकको लिङ्गमा चोट लागेको हो। घटनापछि बालकलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको लिङ्गको टुप्पोको भाग काटिएको छ र शल्यक्रिया गरिएको छ। पीडितको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

सुन मूल्य ५ सयले बढ्याे

आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजीनामा दिन्नँ, संसदमै जवाफ दिन्छु– गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका छन्।  बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूले राजीनामा नदिने दोहोर्‍याएका हुन्।  सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेपछि उनले जवाफ दिए, ‘संसदमै बसेर जवाफ दिनेछु। तर राजीनामा दिन्नँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यातायात ब्यापारीले झुकाइ छोडे सरकारलाई

आन्दोलनतरत सावर्जनिक यातायात व्यवसायी र सरकारबीच सोमबार मध्यरातमा सहमती भए पनि मंगलबारमात्रै संघीय सरकारले गण्डकीलाई पत्र लेखेको थियो। गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने भएपछि दुई पक्षबिच सहमती भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक'

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत अन्त्यका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जातीय विभेद सामाजिक तथा मानवीय गरिमाविरुद्धको अपराध हो: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले उक्त कुरा बताएका हुन् यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ। आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मौसमः कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘न कसैले गाली गर्यो न छलफल भयो, मलाई तैपनि जिताए’- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालगन्ज पुगेर कांग्रेसमा आर्थिक उदारीकरणका विषयमा छलफल र वहस नै हुन छाडेको बताएका छन्। ‘मेरो मुद्दा न कसैले पढ्यो न बुझ्यो, न छलफल नै भयो। मलाई महामन्त्रीमा यसै भोट दिए’ -महामन्त्री थापाले मंगलबार स्थानीय उद्योगी व्यवसायीको छलफलमा यस्तो धारणा राखे। महामन्त्री थापाले पछिल्लो महाधिवेनमा आफूले उठाएका आर्थिक मुद्दामा ‘न कसैले छलफल गरे न त प्रश्न नै सोधे तर भोट दिएर जिताए’ भन्दै आफ्नो आश्चर्यता प्रकट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको गुनासोः दलाल र बिचौलियाले संख्याको बलमा सरकारबाट निकाले

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बिचौलियाहरूले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले माओवादीलाई सरकारबाट बाहिर ल्याएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उदघाटन समारोहमा उनले माओवादीले नेपाललाई प्रतिनिधित्व गर्ने कुरामा रेकर्ड बनाए पनि प्रतिक्रियावादी, दलाल र बिचौलियाहरूलाई त्यो सह्य नभएको भन्दै उनीहरूले संख्याको बलमा षडयन्त्रपूर्ण तरिकाले आफूलाई सरकारबाट बाहिर ल्याएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको दाबीः हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील छ

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर- ४ को नारच्याङमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए। ‘हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘अन्नपूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

वायुसेवा निगममा भएका भ्रष्टाचारविरुद्ध अख्तियारमा उजुरी दर्ता

राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचारविरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेको टोलीले अख्तियारमा उजुरी दर्ता गराएको हो। वर्षौदेखि भ्रष्टाचार मौलाउँदै गएको नेपाल वायुसेवा निगममा कुनै पनि अधिकारीहरू माथि कारवाही हुन नसको हुँदा भ्रष्टाचारीविरुद्ध उजुरी दर्ता गराउन बाध्य भएको पाण्डेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाण्डेलाई निलम्बन गरेर जोशीलाई निमित्त नगरप्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं महानगरपालिकाको निमित्त नगरप्रहरी प्रमुखको जिम्मेवारी नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन्। नगरप्रहरी प्रमुख राजु पाण्डेलाई जाँचबुझका लागि भन्दै ६ महिनाका लागि निलम्बन गरेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एसपी जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन्। गुरागाईंले आजै प्रहरी प्रमुख एसएसपी पाण्डेलाई निलम्बन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्। गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईंलाई महानगर कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगर प्रहरीले उनलाई अवरोध गरेको थियो। सोही घटनाको छानबिनका लागि पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बन गरे गुरागाईंले जाँचबुझ समिति बनाएका हुन्। समितिले प्रतिवेदन नबुझाएसम्मका लागि आजैका मितिबाट पाण्डेलाई निलम्बन गरिएको गुरागाईंले जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीकै गुनासोः अख्तियारले पत्र काटेर दुःख दिँदा काम गर्न समस्या भयो

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्नसक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिँदा समस्या भएको बताएका छन्। मंगलबार बसेको पूर्वधार विकास समितिको बैठकमा उनले खराब नियत भएका मान्छेहरूका कारण काम गर्दा प्रश्न उठ्ने गरेको दाबी गरे। उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ। कानून नभएको होइन। कानूनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ। सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ। तर यस्ता कामहरू गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालीमाटीमा नेपालभित्रै उत्पादित १७४ प्रकारका तरकारीमा विषादी परीक्षण, भेटियो यस्तो

काठमाडौंको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि विहान ३ बजेसम्म भित्रिँदा भित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गर्दा यो नतिजा प्राप्त भएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदी भन्छन्, ‘नेपालका करिब २० जिल्लाबाट भित्रिएका तरकारीको नमूना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको भेटिएको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बस्दै नबसी स्थगित भयो प्रतिनिधि सभा बैठक…

मंगलबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक दुईपटक सूचना टाँस गर्दा पनि नबसी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्ने तयारी गरेपछि भोलि १ बजेसम्मका लागि सूचना टाँस गरेर बैठक स्थगित भएको हो। बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेका लागि सारिएको थियो। तर प्रतिपक्षी दलहरूले राजीनामालाई नै बटमलाइन बनाएर सदनमा बोल्न दिने माग राखेपछि बैठक बस्न नसकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जब नवजात शिशुको शव कुकुरले मुखमा च्यापेर ल्यायो…

जुम्लाको हिम गाउँपालिका-१ आचार्यलिही गाउँमा शालनालसहितको एक नवजात शिशुको शव फेला परेको छ। सोमबार साँझ करिब ६ बजे आचार्यलिही गाउँदेखि करिब सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको स्थानीय नन्दलाल आचार्यले बताए। कुकुरको मुखबाट शिशुलाई छुटाएर भगाएपछि तत्काल प्रहरीलाई खबर गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

गृहमन्त्रीलाई संसदमा बोल्न दिन विपक्षी दलहरू तयार!

संघीय संसदका प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन तयार भएका छन्। मंगलबार सदनको अवरोध खुलाउने विषयमा सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएको छ। स्रोतका अनुसार गृहमन्त्रीको जवाफ चित्त बुझेमा सदनको अवरोध अन्त्य गर्न दलहरू सहमत भएका हुन्। यद्यपि गृहमन्त्रीलाई लामो समय बोल्नै नदिँदा असंसदीय व्यवहार देखिने र आलोचना हुने डरले विपक्षी दलहरू गृहमन्त्रीलाई बोल्न दिएपनि त्यसपछि राजीनामालाई बटमलाइन बनाएर अवरोध जारी राख्ने योजनामा रहेको बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विशेष कारण देखाउँदै प्रतिनिधि सभा बैठकको समय परिवर्तन

प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ। मंगलबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्। उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, ०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं