मङ्गलबार, ०५ अगस्ट २०२५

कमल थापा पक्राउ परेपछि काठमाडौं कब्जा गर्ने राजावादीको धम्की… (भिडियोसहित)

राजावादीको आन्दोलनका क्रममा कलम थापालाई प्रहरीले गिरफ्तार गरेको छ। जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। प्रहरीले रोकेपछि केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल परेको थियो। त्यसक्रममा प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्न खोजेपछि थापासहित केहीलाई प्रहरीले भ्यानमा हालेको हो।  थापालगायत थुप्रै प्रदर्शनकारीलाई प्रहरीले घिसार्दै भ्यानमा हालेको थियो। सरकारबिरुद्ध नाराबाजी गरिरहेका थापालाई प्रहरीले लछारपछार गर्दै भ्यानमा हालेर लगेपछि राजावादी थप उग्र भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

७ बुँदे माग राख्दै यातायात व्यवसायीहरू आन्दोलित

सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। यातायातसम्बन्धि ७ बुँदे माग पुरा सार्वजनिक गर्दै समितिले सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो। समितिले विदेशी एप्लिकेसनमार्फत निजी दुई पांग्रे तथा चार पांग्रे सावरी साधनले गैरकानुनी रूपमा आफूखुसी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न माग गरेको छ। प्रदर्शनमा सहभागी यातायात व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभइ नितान्त सार्वजनिक यातायात बचाएर गरी खान देउ भन्नको लागि यातायात व्यवसायीहरू सडकमा आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलिबाट काठमाडौं कब्जा गर्ने लिङदेनको चेतावनी

राजावादी समुहका एक दल राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भोलिबाट काठमाडौं कब्जा गर्ने चेतावनी दिएका छन्। उनले नारायणचौरबाट पक्राउ परेका थापालाई ससम्मान जहाँबाट पक्राउ गरिएको हो त्यही ल्याएर छाड्न चेतावनी दिँदै भोलिबाट राजसंस्था पुनर्स्थापनाको वास्तविक लडाईं भोलिबाट सुरु हुने उद्घोष गरे। लिङदेनले भने, ‘भर्खरै राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरिएको सुनेको छु। नेपाल सरकार, गृहमन्त्री वा यहाँ कमाण्ड गरिराखेका प्रहरी प्रमुखसँग भद्रतापूर्वक मेरो आग्रह छ, तपाईंहरूले कमल थापालाई यहीँ ल्याइदिनुस्। होइन भने अरु साथीभाइलाई पनि काठमाडौं बाहिरबाट बोलाउँछौं। खास लडाईं यहीँबाट सुरु हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कमल थापा पक्राउ, प्रहरीले लछारपछार गर्दै भ्यानमा कोच्यो

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। राजावादी आन्दोलनका क्रममा जुलुस लिएर बालुवाटारतर्फ अघि बढेका थापालाई प्रहरीले नकस्सालको नारायणचौरबाट पक्राउ गरेको हो। थापालाई प्रहरीले लछारपछार गर्दै घिसार्दै भ्यानमा कोचेको थियो। पक्राउपछि थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारविरुद्ध ‘सडक संघर्ष’मा उत्रिने एमालेको किसान महासंघको चेतावनी

सत्तारुढ दल नेकपा एमालेको किसान महासंघले सरकारले किसानहरूको माग सम्बोधन नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ। महासंघका अध्यक्ष डा. प्रेम दंगालले आइतबार एक विज्ञप्ति जारी गर्दै चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ भएपनि हालको बजारमूल्य सरदर १६२५ रुपैयाँ (प्रतिमन ६५०) मात्र भएको र उक्त मूल्यमा समेत धान विक्रि नभई कुहिने अवस्थाले किसानहरू हतोत्साही भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका  छन्। सरकारले औपचारिकताका लागि न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिने तर खरिद गर्ने व्यवस्था नगरी किसानलाई बारम्बार झुक्याउने, हरेक क्षणमा हतोत्साही र निराशा बनाउने प्रवृति आपत्तिजनक रहेको महासंघले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अफताब आलमका भाइ भन्छन्- ‘सत्यको जित भयो’, पीडित परिवार सर्वोच्च जाँदै

रौतहटको राजपुर बमकाण्ड अभियोगमा जिल्ला अदालतबाट दोषी ठहरिएका कांग्रेस नेता मोहम्मद आफताब आलमसहित चारजनालाई उच्च अदालतले सफाइ दिएपछि पीडितहरू असन्तुष्ट बनेका छन्। २२ वर्षका छोरा त्रिलोकप्रताप सिंहलाई इँटा भट्टामा जलाइएका पीडित ८४ वार्षिय बुवा श्रीनारायणले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे। अफताब आलमलाई सफाइ दिने उच्च अदालत विरगंज इजलासको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने पीडित परिवारले बताएका छन्। यमुनामाई गाउँपालिका-४ सरुअठाका सिंहले न्यायका लागी आफू सास रहुन्जेल लडिरहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पृथ्वीनारायण शाहलक्षित ओलीको टिप्पणीले कांग्रेसमा बबन्डर, गठबन्धन तोड्न दवाब…

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहलक्षित अपमानजनक टिप्पणी गरेको भन्दै कांग्रेसभित्र वर्तमान गठबन्धनको विकल्प खोज्न दवाब बढ्न थालेको छ। शनिबार काठमाडौंमा बुद्धिजिवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको र त्यो आज सान्दर्भिक नभएको टिप्पणी गरेका थिए। त्यस्तै उनले ‘पृथ्वीपथ’ सिद्धान्तप्रति पनि कटाक्ष गरेका थिए। ‘आज त राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरूरी छ। त्यतिबेला मास्नु र एकीकरण गर्नु थियो,’ ओलीले भनेका थिए, ‘अहिले आएर यतिबेला पृथ्वीपथ रे? पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि। अढाइ सय वर्ष अघिको कुरा ल्याएर देशको विकास? देशलाई एकतावद्ध बनाउनु छ। पृथ्वीपथले एकतावद्ध? मारकाट गरेर एकताबद्ध गर्ने?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाइल्यान्डकी ओपलले जितिन् ‘मिस वर्ल्ड’को ताज, को हुन् उनी?

उनले २०२१ मा आफ्नो पेजन्ट्री करियर सुरु गरेकी थिइन्। त्यतिबेला उनले मिस रत्नकोसिन प्रतियोगितामा भाग लिएकी थिइन् तर उपाधि जित्न सकिनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आन्दोलनको चौथो दिनः माइतीघरमा राजावादीहरू…

राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन जारी राखेका छन्। आइतबार राजधानीको माइतीघर क्षेत्रमा ब्यानरसहित राजावादीले प्रदर्शन सुरु गरेका छन्।  राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५देखि राप्रपाको अनुवाइमा राजावादीहरूले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। आन्दोलन आज चौथो दिनमा प्रवेश गरेको छ। शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समुहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज भोटो जात्रा मनाइँदै

बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथका साथै, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फरार कर्णाली विकास बैंकका अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन्  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबीले कर्णाली विकास बैंकको अपचलनमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

४० वर्ष मुनिका ४० प्रतिशत महिलालाई संगठित गर्न ओलीको उर्दी

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह गरेका छन्। अनेमसङ्घ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्ष मुनीका ४० प्रतिशत र ३० वर्ष मुनीका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियानमा लाग्न आग्रह गरेका हुन्। उनले महिलावादका नाममा जुनसुकै विचारका महिलालाई पनि समर्थन जनाउने खालको सोच गलत भएकाले सङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय सङ्गठनका रुपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कांग्रेस-एमालेको ‘सरुवा रोग’ जनतामा गएर उपचार गर्दैछौं, अब सहकार्य गर्दैनौं’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरले सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताएका छन्।   शनिबार माओवादीको कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गरे। ‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,’ उनले भने, ‘यसपटक जित्न विशेष प्रयास गर्‍यौं, डा. शिवशरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्‍याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटार पुगेर राप्रपाले भन्योः अफताब आलमलाई ‘प्रधानमन्त्री’ बनाउनुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा राजावादी आन्दोलन तेस्रो दिन पनि जारी रह्यो। तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरू प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे। राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै उनीहरूले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन्। त्यहाँ पनि प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएपछि सडकमै बसेर कार्यक्रम गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकार चौलागाईंलाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य’ पुरस्कार

दशकदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका चौलागाईं हाल अनलाइनखबरमा कार्यरत छन्। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा आयोजति एक समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले चौलागाईंलगायत अरु ७ जनालाई पनि सम्मान गरेका छन्। यो पुरस्कारको राशी ५० हजार रुपैयाँ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजतन्त्रमा विकास र सुशासन भएन त्यसैले गणतन्त्र आएको हो: ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको शनिबार उदघाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरेका हुन्। ‘निरङ्कुश हुकुमी शासनकालमा यस्ता संघ-संगठन खुल्ने स्थिति थिएनन्। अहिले तपाईंहरू पेसागत र व्यवसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यही जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौं। राजतन्त्र पक्षधरहरूले विरोध प्रदर्शन गरे। उनीहरूलाई जनमत संग्रह भएको लाग्यो रे। तर पहिलो दिन दान पैसा दिएर केही मान्छे ल्याइए। दोस्रो र तेस्रो दिन मान्छेहरू घट्दै गए। मेरो नातिले जिस्किएर ‘म डाइनोसर भएँ’ भन्दै हा… गरेर ‘डर लागेन?’ भनेर खेलेको याद आयो। राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ। अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो। अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज। घोडाले लात्ताले हान्न सक्छ, होस् गर।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरे! जतिखेर पनि साथी ‘लोडसेडिङ’

अरे जतिखेर पनि साथी लोडसेडिङ दिनमा होश या सधैं राति लोडसेडिङ कि त कैले नआउनु कि त सधैं आउनुनी जनताको के लाग्छ र ताँती लोडसेडिङ अरे जतिखेर पनि साथी लोडसेडिङ

बिएल संवाददाता

बिएल संवाददाता - झापा

बालबालिकाका सम्पूर्ण सामग्री अब ‘जिरो टु टेन’ स्टोरमा

बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री अब एकै ठाउँमा पाइने भएको छ। उनीहरूका लागि सामग्री किन्न फरक फरक पसल र स्टोर धाउनुपर्ने बाध्यताको अन्त्य ‘जिरो टु टेन’ स्टोरले गर्ने भएको हो। शनिबार काठमाडौंको नयाँ बानेश्वरमा ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ भएको छ। भर्खरै जन्मेका शिशुदेखि १० वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिरो टु टेन स्टोर सञ्चालनमा ल्याइएको हो। एउटै छातामुनी बालबालिकाका लागि आवश्यक लत्ता कपडा, अध्ययन सामग्री, खेलौना तथा खेलकुदका सामग्री, कस्मेटिक, बेबी क्यारी, विद्युतीय खेलौना गाडी देखि जुत्ता, ब्यागेज लगायतका सामग्री पाइने स्टोरका संचालक विष्णु पोखरेल बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं