मङ्गलबार, ०५ अगस्ट २०२५

गणतन्त्रभित्र लुकेको ‘क्रुर’ राजतन्त्र!

नेपालमा संघीय गणतन्त्र घोषणा भएको झण्डै दुई दशक पुग्न लाग्यो। तर यतिका वर्षपछि पनि नेपाली जनताको मनमा एउटा घोचिलो यथार्थ गढेर बसेको छ- यो गणतन्त्र त कतै घाँटीमा अड्किएको गलगाँड जस्तै त हैन? हाम्रो जुन सुन्दर देश थियो, जुन देशले आशा, बलिदान र सपना बोकेको थियो, त्यो देश अहिले गणतन्त्रको आवरणमा कुरुप हुँदै गएको छ। नेपाली जनताले कहिल्यै कल्पना नगरेको  अनुभव गर्न थालेका छन्- शायद ०६२/६३ को जनआन्दोलन एउटा अक्षम्य अकर्मण्यता थियो, जुन आन्दोलनले नयाँ युगको सुरुवात होइन, पुरानै अन्यायको बाढीलाई नयाँ स्वरूपमा स्थापित गर्‍यो भनेर। गणतन्त्र हो कि त्यसमा लुकेको राजतन्त्र? नेपाली जनताले सोचेका थिए अब शासन गर्नेहरू जनताकै छोराछोरी हुनेछन्। तर आजको यथार्थ के छ? के गणतन्त्र साँच्चै नेपाली जनताका छोराछोरीले चलाएको  शासन प्रणाली हो त? यो त गणतन्त्रको आवरणमा त्यस्तो शासन प्रणाली लादिएको छ, जसमा नेता आफैंलाई राजा सम्झन्छन्। जनताको मतमार्फत सत्ता पुगेका उनीहरू, जनताको दु:खप्रति उत्तरदायी बन्नुको साटो फूलमाला, भाषण र विशेषाधिकारको महलमै रमाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शान्तिबाटिकाबाट बालुवाटारतर्फ मोडियो राजावादी आन्दोलन

राप्रपाको आयोजनामा भइरहेको राजावादीहरूको आन्दोलन बालुवाटारतर्फ लागेको छ। आन्दोलनको तेस्रो दिन शान्तिबाटिकामा भेला भएका राजावादीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ सोझिएका हुन्। आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शनको तयारी रहेपनि हिजो नै काठमाडौं प्रशासनले नारायणहिटी क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि राजावादीहरू प्रधानमन्त्री निवासतर्फ सोझिएका हुन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राप्रपा लगायतका शक्तिहरूको प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको स्पष्ट देखिएको बताए। उनले निषेधित क्षेत्र तोकेर सरकार कमजोर भयो भन्ने कुराको प्रमाणित गरेको समेत बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रज्ञा स्मृती प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय खुला शारीरिक सुगठन’ प्रतियोगिता हुने

माओवादी अध्यक्ष प्रचण्डका स्वर्गीय सुपुत्र प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको सम्झनामा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ। शनिबार प्रतिष्ठानले काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेपाल पुलिस क्लब भुटीमण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद, बागमती हेटौंडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतिष्ठानकी अध्यक्ष गंगा दाहालले प्रतियो

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आन्दोलनलाई निरन्तरता दिने राप्रपाको निर्णय, आज शान्तिबाटिकामा प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समितिको बैठकले राजावादी आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले आगामी कार्यक्रमहरू अझै मजबुत तरिकाले अगाडि बढाउने गरी बैठकमा छलफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए। उनले भने, ‘जेठ १५ गते र १६ गते भएको कार्यक्रमबारे समीक्षा भयो। आगामी कार्यक्रम पनि अझै मजबुत बनाउने भनेर बैठकमा छलफल गरिएको छ। शनिबार (आज) पनि शान्तिबाटिकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१४ सय बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी, १३ बस्तीहरू नियन्त्रणमा

रुसले गत हप्तामा मात्र १ हजार ४०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ। शुक्रबार जारी गरिएको दुई देशबीचको द्वन्द्वको अद्यावधिक जानकारीअनुसार उक्त विवरण सार्वजनिक गरिएको हो। यता युक्रेनले रुसी ड्रोनहरू प्रहारबाट बच्न आफ्नो नयाँ विकसित वायु रक्षा क्षेप्यास्त्र प्रणाली प्रयोग गरेको बताएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले गत हप्ता युक्रेनभित्र राष्ट्रिय रक्षाका तयार गरिएका औद्योगिक सुविधाहरू, सैन्य विमानस्थलहरू र हतियार तथा गोलाबारुद भण्डारणमा आक्रमण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

अफताब आलमको स्वास्थ्यमा क्रमिक सुधार

नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको स्वास्थ्यमा सुधार आएको छ। आलम काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छन्। अस्पतालले आलमको अहिले स्वास्थ सुधारन्मुख रहेको जानकारी दिएको छ। अस्पतालले शनिबार बिहान पछिल्लो अपडेट दिँदै आलमलाई सघन कक्षमै स्नायु विशेषज्ञ टोलीको निगरानीमा उपचार आवश्यक रहेको जानकारी दिएको छ। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्। लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमलाई मस्तिष्कघात नै भएको अस्पतालले पुष्टि गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि सीआईबीले छानबिन गरिरहेको थियो, अहिले त्यो अवस्था होइनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताएका छन्। कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछि कान्तिपुरका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग (बटमलाइन) राखेर सदन अवरोध गर्न नहुने स्पष्ट गरे। ‘म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ। गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन्। एउटा कर्मचारीलाई अख्तियारले बोलायो। बयान लिएको सुनेको छैन। प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन,’ ओलीले भने, ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सीआईबीले छानबिन गरिरहेको थियो। अहिले त्यस्तो अवस्था होइन। त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो। यसरी विरोध गरिएको छ कि मानौं ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन्। उच्च गर्मीका कारण उत्पादन घट्दा मूल्य बढेको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ। आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८० फार्म मूल्य तोकेको छ। यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

आजको मौसम यस्तो छ !

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राजा ल्याएरै छाड्ने राजावादीको दाबी, तनावमा नेता (भिडियाेसहित)

जेठ १५ गते पनि उनीहरूले शान्तिबाटिकामा प्रदर्शन गरेका थिए। गणतन्त्र घोषणा भएकै दिन उनीहरूले त्यो प्रदर्शनलाई ‘जनआन्दोलनको सुरुवात’ पनि भनेका छन्। जेठ १५ गतेलाई नै राप्रपाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजावादीका लागि दरबारमार्ग ‘निषेधित क्षेत्र’

प्रशासनले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल घुम्तीसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ। महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  गणतन्त्र दिवसका दिन शान्ति बाटिकाबाट प्रदर्शन सुरु गरेका राजावादीहरूले अब निरन्तर आन्दोलनको घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी नेतृत्वलाई शेखर कोइरालाको ‘कडा खबरदारी’ (भिडिओसहित)

‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन। हामी सरकारमा छौं तर सत्तामा छैनौं। राज्यको सत्ता बेग्लै कुरा हुन्छ। सरकार बेग्लै कुरा हुन्छ। मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ’ कोइरालाले भने। प्रधानमन्त्री काठमाडौं कब्जा गर्नेजस्ता उत्तेजक भाषण दिँदा पनि काँग्रेस चुप लागेर बसेको उनको आरोप थियो। त्यस्तै उनले आफू फुर्सद नभएको बाहाना गरेर राष्ट्रिय मानवअधिकारको कार्यक्रममा नगएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकअर्कालाई ‘प्रोजेक्सन’ गर्न सक्लान् शेखर-गगनले?

कम्युनिष्ट शक्तिको प्रभाव बढी रहेको त्यो अवस्थामा गिरिजाप्रसाद कोइरालाले काँग्रेसलाई जोगाएर अघि बढाएका थिए। यतिबेला पनि गैर काँग्रेस पक्ष हावी भइरहेको अवस्थाको जायजा लिन काँग्रेसले नै पहलकदमी लिन जरुरी देखिन्छ। यदी काँग्रेस एकजुट भएन भने लोकतन्त्र, गणतन्त्र र संसदीय अभ्यास नै संकट उन्मुख देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा भित्रियाे मनसुन

नेपालमा यो वर्षको मनसुन भित्रिएको छ।  यसपालि मनसुन सरदरभन्दा १५ दिन अगाडि नै नेपाल भित्रिएको हो। गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बढुवा भएका ११ डिआइजीको पदस्थापन, को कहाँ?

प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा भएका ११ जना डिआइजीहरूको पदस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार ११ जना डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामा: उर्जामन्त्री

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चर्काे घाममा राजावादीको प्रदर्शन, ‘राजा फर्काउने’ अडान (तस्बिरहरू)

राजसंस्था पुनस्स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजावादी संघसंस्थाहरूले आज पनि प्रदर्शन गरेका छन्। जेठ १५ गते शान्तिबाटिकामा प्रदर्शन गरेका उनीहरूले आज भने माइतीघर मण्डलामा गरेका हुन्।   नवराज सुवेदी नेतृत्वले गरेको 'जनआन्दोलन'मा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले सहभागी जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्री विष्णु पाैडेलका दश बुँजे बजेट ‘हाईलाइट्स’

‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक छ। आम्दानी र खर्च दुवैको प्रश्नमा बजेट यथार्थपरक छ। होटेल, रिर्सोट, सूचना प्रविधि उद्योगबाट हुने आयमा विशेष उद्योग सरह सुविधा दिने प्रवन्ध गरिएको छ। आगामी आर्थिक वर्ष २०८२।८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अफतावलाई सफाई दिने न्यायाधीशमाथि छानिबिन गर्न उजुरी

आफूलाई ‘देशभक्त नागरिक’ भनेर चिनाउँदै आएका युवराज पौडेलले न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न भन्दै परिषदमा उजुरी हालेका हुन्।  अफतावमाथि रौतहटको राजपुरमा भएको बमकाण्डमा घाइते भएकाहरूलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो। यसअघि रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला गरेपछि उनी नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले पनि संसद चल्न नदिनेमाओवादीले पनि संसद चल्न नदिने

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि राजीनामा गर्न प्रतिपक्षको ब्यापक दबाव छ। यसअघि माओवादी, राप्रपा र रास्वपालगायतका दलहरूले संसद अवरुद्ध गरेका थिए। तर बिहीबार बजेट पेश गर्ने बेलामा उनीहरूले अवरोध गरेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं