बिएल संवाददाता
माओवादी अध्यक्ष प्रचण्डका स्वर्गीय सुपुत्र प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको सम्झनामा प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ।
शनिबार प्रतिष्ठानले काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेपाल पुलिस क्लब भुटीमण्डपमा जेठ २४ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद विकास परिषद, बागमती हेटौंडाको सहयोग साथै नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो।
प्रतिष्ठानकी अध्यक्ष गंगा दाहालले प्रतियोगितामा पुरुषतर्फ ५ वटा वजन समूह र पुरुषतर्फ ६०, ६५, ७०, ७५ तथा ७५ केजी मन्दा माथिका समूहबीच प्रतिस्पर्धा हुने र महिलातर्फ खुला प्रतिस्पर्धा हुने जानकारी दिइन्।
उनले सबै जिल्ला तथा प्रदेशका महिला र पुरुष गरी १०० जनाको सहभागिताको अपेक्षा गरेको बताइन्। उनले प्रत्येक तौलका विजेता खेलाडीहरूलाई मेडल नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिनुका साथै विभिन्न विधामा पुरस्कारको कुल राशि १२ लाख १० हजार रहेको पनि उनले जानकारी दिइन्।
प्रतिष्ठानले स्व. ज्ञानु दाहाल र स्व. प्रकाश दाहालको स्मृतिमा स्थापनाकालदेखि नै स्वास्थ्य, खेलकुद पर्यटन विकासका क्षेत्रमा विविध गतिविधि संचालन गर्दै आइरहेको उनले बताइन्।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया