 
                                            
                                        
                                     
                                बिएल संवाददाता
दिउँसोपख काठमाडौंमा चर्किएको घाम छेक्क रंगीचंगी छाता ओढेका केही हुल मान्छेहरू माइतीघर मण्डलामा जम्मा हुँदै थिए।
केही दिन यता देशभरि नै ‘राजा चाहियो’ भन्नेहरू बढिरहेको छ। राजधानीमा छाता ओढेका यी मान्छेहरूको जुलुसलाई उनीहरूले ‘छाता बिद्रोह’ पनि भनेका छन्।
यसैबीचमा राजसंस्था पुन:स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न राजावादी संघसंस्थाहरूले आज पनि प्रदर्शन काठमाडौंमा प्रदर्शन गरेका छन्।
जेठ १५ गते पनि उनीहरूले शान्तिबाटिकामा प्रदर्शन गरेका थिए। गणतन्त्र घोषणा भएकै दिन उनीहरूले त्यो प्रदर्शनलाई ‘जनआन्दोलनको सुरुवात’ पनि भनेका छन्। जेठ १५ गतेलाई नै राप्रपाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँछ।
यही दिन नेकपा एमालले पनि काठमाडौंमा प्रदर्शन गरेको थियो। गणतन्त्र उत्सव मनाउन भन्दै एमालेले राप्रपाले प्रदर्शन आह्वान गरेकै दिन प्रदर्शन गरेको हो। राजावादीको आन्दोलन निस्तेज पार्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए।
काठमाडौंका विभिन्न ठाउँबाट भेला भएर राजावादीहरू शुक्रबार माइतीघरमा भेला भएका थिए। यो प्रदर्शनमा अहिले कमल थापा र राजेन्द्र लिङ्देन सँगसँगै छन्। त्यस्तै राजावादीहरूले गठन गरेको ‘संयुक्त जनआन्दोलन समिति’ले पनि राप्रपा नेतृत्वकै आन्दोलनलाई स्वीकार गरेको छ। त्यसका संयोजक नवराज सुवेदी छन्।
राजावादीहरूले अब काठमाडौंमै केन्द्रित भएर निरन्तर आन्दोलन गर्ने जनाएका छन्। अब आन्दोलनको सुरु भइसकेका कारण यसलाई टुङ्गोमै पुर्याएर छोडिने भन्दै राजावादीहरूले आम नागरिकलाई समेत आन्दोलनमा आउन आह्वान गरेका छन्।
केहीदिन यता ठूला दलका नेताहरूले राजावादीहरूलाई निरन्तर होच्याएर बोल्न थालेपछि उनीहरू झनै आक्रोशित भएका छन्। संसदमै समेत उनीहरूबीच भनाभन भएको थियो।
बिहीबार एउटा टेलिभिजन अन्तर्रवार्तामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्व राजा ज्ञानेन्द्र र उनका समर्थकहरूको गतिविधि नियन्त्रणका लागि सरकारले कठोर कदम चाल्नुपर्ने बताएका थिए।
शनिबार पनि राजावादीहरूले प्रदर्शन गर्ने भएका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबार उनीहरूले नारायणहिटी दरबार संग्राहलयअघि प्रदर्शन गर्नेछन्।
गत शनिबार पूर्वराजा ज्ञानेन्द्रले आफ्ना नाती हृदयेन्द्रका साथमा नारायणहिटी परिसरमा रहेको चातुर्व्यूह नारायण मन्दिरमा पूजा गरेका थिए।
हृदयेन्द्रलाई भावी राजाका रुपमा चर्चा चलिरहेका बेला ज्ञानेन्द्रको नारायणहिटी प्रवेशलाई पनि अर्थपूर्णरुपमा हेरिएको थियो।
गणतन्त्र स्थापना भएपछि पहिलोपटक ज्ञानेन्द्र नारायणहिटी परिसर छिरेका हुन्।
 
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया