मङ्गलबार, ०५ अगस्ट २०२५

एमालेले थाल्यो ‘झोले’ अभियान, ओलीको सन्देशः ‘झोले’ भन्दैमा सत्य अँगाल्न नछोडौं

सामाजिक सञ्जालमार्फत ‘झोले’ भन्दै अपमान हुन थालेपछि नेकपा एमालेले आफ्ना नेता कार्यकर्ताको मनोबल बढाउन ‘म झोले हो’ अभियान सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै अभियानको सुरुवात गरेका हुन्। ओलीले अभियान सुरु गरेसँगै एमालेका नेता कार्यकर्ताहरूले आफूले आफूलाई ‘झोले’ स्वीकार गर्दै अभियान धमाधम फैलाउन थालेका छन्। ओलीले झोले अभियान सुरु गर्दै, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुद्धिजीवी परिषदमा ओली र दुई पोखरेलका उम्मेद्वार पराजित

नेकपा एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलको आर्शीवाद पाएका अर्का उम्मेद्वार दीपेन्द्र भण्डारीलाई ५० मतले पराजित गर्दै थपलिया विजयी भएका हुन्। थपलियाले १५४ मत पाउँदा भण्डारीले १०४ मत मात्र पाए। एघारौं राष्ट्रिय अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। निर्वाचनपछि थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार र यातायात व्यवसायीबीच ‘वार्ता कमिटी’ गठन गर्ने सहमति, छलफल दिनभर चल्ने

गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरूबीच छलफल भएको छ। विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका बेला  गृहमन्त्रालयमा दुवैपक्षबीच सोमबार बिहान छलफल भएको हो। छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले छलफलमा वार्ता कमिटी गठन गरिने सहमति भएको बताए। उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरूले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरी नै चल्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीको प्रदर्शनका सबै कार्यक्रम स्थगित

सोमबार राजावादी समूहले उपत्यका बन्दसहित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। आज दरबार हत्याकाण्डको दिन सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरू केही नगरिएको एक विज्ञप्ति जारी गर्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बताएका छन्। आज साँझ ६ बजे कमलादी गणेशस्थानमा राजपरिवारका दिवङ्गत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको सुवेदीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईसीसी विश्वकप लिग-२ः स्कटल्याण्डविरुद्ध उत्रिदै नेपाल, सबै खेल जित्नैपर्ने दवाब

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ। नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुधार गर्ने अवसर पनि हो। तीन सिरिजबाट जम्मा ६ अंक जोडेको नेपाल अहिले अंकतालिकाको आठौं स्थानमा छ। यसपटक चारवटै खेल जित्न सके नेपाल छैटौँ स्थानमा उक्लन सक्छ। तर, चुनौती भने सहज छैन। सिरिजअघिका दुई अभ्यास खेलको नतिजा हेर्दा नेपाली टोली अझै सानदार लयमा फर्किएको देखिँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यातायात नचल्दा यात्रुसँग पठाओ, इन्ड्राइभवालाको ‘मनपरी बार्गेनिङ’

आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ। यात्रु ठगीमा परे नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी

गृह मन्त्रालयमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता भइरहेकाे छ। गृहमन्त्री रमेश लेखकको पहलमा अहिले सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता भइरहेकाे हाे। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आजदेखि देशैभर अनिश्चितकालीन यातायात बन्दको घोषण गरेपछि जनजीवन प्रभावित बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘अपरेशन स्पाईडर वेब’ : रुसलाई युक्रेनले देखाएकाे अहिलेसम्मकै ठूलाे ‘शक्ति’

युक्रेनले रुसको हवाई सुरक्षा फौंजमाथि आक्रमण गरेको हो। त्यो भनेको ड्रोन आक्रमण हो। अर्थात् बमबर्षक। यी निकै खतरनाक र शक्तिशाली मानिन्छन्। यो आक्रमणका लागि युक्रेनले लगभग १८ महिना लामो तयारी गरेको थियो। त्यसअघि उसले जासुसीका लागि सयौं साना ड्रोनहरू लुकाएर रुसभित्रै पनि पठाएको थियो। अहिलेसम्मका युद्धमा लगभग यस्तो जासुसी प्रयोग पहिलोपटक हो।  यो आक्रमणको योजनालाई युक्रेनले ‘अपरेशन स्पाइडर वेब’ नाम दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सार्वजनिक यातायात ठप्प हुँदा सुनसान बन्याे काठमाडाैं (तस्बिरहरू)

यातायात व्यवसायीहरूको आजदेखि देशैभरि सार्वजनिक यातायात अनिश्चिकालीन बन्द आह्वान गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानपछि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको हो।  सोमबार बिहानदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा त्यसको प्रत्यक्ष मार सर्वसाधारणलाई परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दरबार हत्याकाण्ड : मौन रहस्यका २४ वर्ष

उक्त घटनाबारे २४ बर्ष पुरा हुँदा पनि सत्यतथ्य सार्वजनिक भएको छैन। घटनापछिका हरेक सरकारहरुले दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्ने आश्वासन दिंदै आएका छन। दर्जनपटक सरकार परिवर्तन हुँदा पनि आजसम्म घटना रहस्यकै गर्भमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले संसदीय दलको बैठक बस्दै

सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यी क्षेत्रमा वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गाडी ग्यारेजमा, बस, ट्रकका मालिक र मजदूरहरू सडकमा (भिडिओसहित)

गत जेठ १ गण्डकी सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन निमायावली २०८२ जारी गरेपछि पोखराबाट यातायात व्यवसायीहरूले आन्दोलन सुरु गरेका थिए। गत शुक्रबारदेखि पोखराको सार्वजनिक यातायात अस्तव्यस्त छ।  शनिबारदेखि राजधानी काठमाडौंमा पनि यातायात व्यवसायीले चक्काजाम गरेका थिए। आइतबार उनीहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। आजदेखि उनीहरूले देशभरि सार्वजनिक सवारी ग्यारेजमा थन्काएर अनिश्चितकालका लागि यातायात बन्द गर्ने चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभर आजदेखि अनिश्चितकालीन यातायात बन्द

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले रातोपाटीलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौंमा थपिए निषेधित क्षेत्र, आजै मध्यरातबाट लागु हुने

जिल्ला प्रशासन कार्यालयले थप तीन स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। राजावादी आन्दोलन चर्किएपछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन स्थानलाई निषेधित क्षेत्र तोक्न सिफारिस गरेको थियो। सोही सिफारिस बमोजिम प्रशासनले निषेधित क्षेत्र थपेको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ। निषेधाज्ञा बढीमा दुई महिनासम्म जारी रहने र सो समयावधिमा ती क्षेत्रमा धर्ना, विरोध, जुलुश, प्रदर्शन, अनसनजस्ता गतिविधि गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङ्देनले बोलाए राप्रपा कार्यसम्पादन समितिको आकस्मिक बैठक

राजावादी आन्दोलनमा प्रहरी धरपकड भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिका आकस्मिक बैठक बोलाएको छ। पार्टी कार्यालय धुम्बाराहीमा केहीबेरमै बैठक बस्न लागेको हो। बैठकमा आन्दोलनका क्रममा भएको प्रहरी हस्तक्षेप, सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ भएको विषय र आन्दोलनको भावी रणनीतिबारे छलफल हुने राप्रपाले जनाएको छ। आज बालुवाटारतर्फ जाँदै गरेको आन्दोलनका क्रममा प्रहरीले धरपकड गर्दा नारायणचौरमा तनाव भएको थियो। सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीद्वारा रिमोट थिचेर एकैपटक ६४ सडकको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका ६४ सडकको एकैपटक शिलान्यास गरेका छन्। मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेत्र: एक सडक’ कार्यक्रमअन्तर्गत ६४ वटा सडकको ओलीले विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका हुन्। धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकैपटक यी सडकको शिलान्यास गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

कमल थापा छुटाउन गएका सांसद सिंह आफैं पक्राउ

प्रहरी हिरातमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिसर पुगेका राप्रपा सांसद दीपक सिंह आफैं पक्राउ परेका छन्। थापालाई भेट्न नपाउँदै सांसद सिंह परिसरको गेटबाटै पक्राउ परेका हुन्। गेटमा ड्युटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेपछि सांसद सिंहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कमल थापा पक्राउ परेपछि काठमाडौं कब्जा गर्ने राजावादीको धम्की… (भिडियोसहित)

राजावादीको आन्दोलनका क्रममा कलम थापालाई प्रहरीले गिरफ्तार गरेको छ। जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। प्रहरीले रोकेपछि केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल परेको थियो। त्यसक्रममा प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्न खोजेपछि थापासहित केहीलाई प्रहरीले भ्यानमा हालेको हो।  थापालगायत थुप्रै प्रदर्शनकारीलाई प्रहरीले घिसार्दै भ्यानमा हालेको थियो। सरकारबिरुद्ध नाराबाजी गरिरहेका थापालाई प्रहरीले लछारपछार गर्दै भ्यानमा हालेर लगेपछि राजावादी थप उग्र भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

७ बुँदे माग राख्दै यातायात व्यवसायीहरू आन्दोलित

सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। यातायातसम्बन्धि ७ बुँदे माग पुरा सार्वजनिक गर्दै समितिले सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो। समितिले विदेशी एप्लिकेसनमार्फत निजी दुई पांग्रे तथा चार पांग्रे सावरी साधनले गैरकानुनी रूपमा आफूखुसी भाडा तोकी यात्रुहरूलाई सेवा दिइरहेको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न माग गरेको छ। प्रदर्शनमा सहभागी यातायात व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभइ नितान्त सार्वजनिक यातायात बचाएर गरी खान देउ भन्नको लागि यातायात व्यवसायीहरू सडकमा आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं