बिएल संवाददाता
सामाजिक सञ्जालमार्फत ‘झोले’ भन्दै अपमान हुन थालेपछि नेकपा एमालेले आफ्ना नेता कार्यकर्ताको मनोबल बढाउन ‘म झोले हो’ अभियान सुरु गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै अभियानको सुरुवात गरेका हुन्। ओलीले अभियान सुरु गरेसँगै एमालेका नेता कार्यकर्ताहरूले आफूले आफूलाई ‘झोले’ स्वीकार गर्दै अभियान धमाधम फैलाउन थालेका छन्।
ओलीले झोले अभियान सुरु गर्दै, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं। सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’
एमालेको झोले अभियानको पोस्टरमा लेखिएको छ, ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया