तेजन खड्का
मोरङको पथरीशनिश्चरे नगरपालिका-६ मा फलाम काट्ने ग्रेन्डरले एक सात वर्षीय बालकको लिङ्गको टुप्पो काटिएको छ। जिस्किने क्रममा ग्रील पसल सञ्चालकले फलाम काट्ने ग्रेन्डर चलाउँदा बालक घाइते भएका हुन्।
सोमबार बेलुका स्थानीय मही चौधरीको ग्रील पसलमा खेलिरहेका बेला सोही टोलका किरण चौधरीका छोरा घाइते भएका हुन्। प्रहरीले जनाएअनुसार ग्रेन्डरमा ब्लेड घुमाइरहेका बेला जिस्किने क्रममा बालकको लिङ्गमा चोट लागेको हो।
घटनापछि बालकलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको लिङ्गको टुप्पोको भाग काटिएको छ र शल्यक्रिया गरिएको छ। पीडितको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ।
प्रहरीका अनुसार घटनालगत्तै अभियुक्त मही चौधरीले बालकलाई आफैं अस्पताल पुर्याएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ। ‘लापरवाहीका आधारमा अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘बालबालिकाको सुरक्षामा लापरवाही भएको देखिन्छ।’
प्रहरीले घटना गम्भीर प्रकृतिको रहेको भन्दै बाल अधिकारसम्बन्धी कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया