बिएल संवाददाता
दानबहादुर बुढा
जुम्लाको हिम गाउँपालिका-१ आचार्यलिही गाउँमा शालनालसहितको एक नवजात शिशुको शव फेला परेको छ।
सोमबार साँझ करिब ६ बजे आचार्यलिही गाउँदेखि करिब सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको स्थानीय नन्दलाल आचार्यले बताए।
कुकुरको मुखबाट शिशुलाई छुटाएर भगाएपछि तत्काल प्रहरीलाई खबर गरिएको हो।
इलाका प्रहरी चौकी नराकोटका बरिष्ठ हवलदार दीपक गुरुङका अनुसार घटनास्थल नराकोटको कार्यक्षेत्रमा नपरे पनि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा बड्की प्रहरी चौकीबाट टोली परिचालन गरिएको हो।
प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो। अन्दाजी पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले बताए।
शवलाई मंगलबार बिहान पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ।
हिमा गाउँपालिका-१ का वडाध्यक्ष रतन शाहीका अनुसार कसैले शिशुलाई जन्म दिएपछि खोलामा फालेको हुन सक्ने आशङ्का गरिएको छ। शिशु फाल्ने व्यक्तिको पहिचान हुन नसकेको उनको भनाइ छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया