बिएल संवाददाता
भारतको तेलंगाना राज्यको हैदराबादमा लिभ इन रिलेसनसिपमा रहेकी एक ३३ वर्षीया नेपाली महिलाको हत्या भएको छ।
सँगै बस्दै आएकी साथी तारा बोहराको हत्या आरोपमा भारतको प्रहरीले ३० वर्षीय नेपाली नागरिक विजय तोप्पा पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ताराको हत्या गरेर शव झोलामा राखिएको अवस्थामा जुन ४ मा हैदराबादनजिकैको एक आवासीय क्षेत्र बचुपल्लीमा फेला परेको थियो।
इन्डिया टुडेले जनाए अनुसार उनीहरू नेपालको बाग्लुङका हुन्। विजय हैदराबादो एक स्थानीय रेस्टुरेन्टमा काम गर्थे। उनीहरू दुवैजना फेसबुकमार्फत साथी बनेर नजिकिँदै लिभ इन रिलेसनसम्म पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तारा विवाहित पनि रहेको खुलेको छ। उनको दुई सन्तानसमेत रहेको बताइएको छ।
ताराको गर्भावस्थाको बारेमा विवाद हुँदा विजयले नाइलनको धागोले घाँटीमा बाँधेर हत्या गरेका थिए। हत्या आरोपितलाई पक्राउ गर्न प्रहरीले पाँचवटा विशेष टोली बनाएर खटाएको थियो।
विजयले अपराध स्वीकार गरिसकेको त्यहाँको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया