
ईश्वर पोखरेलको घोषणाः भ्रष्टाचारीहरू एमाले हुन सक्दैनन्
फरक प्रसंगमा उनले गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा दोषी ठहरिए पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि दण्डित गरिने अभिव्यक्ति दिए। घटनाको सम्पूर्ण जवाफेही पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने बताउँदै पोखरेलले दोषी देखिए पूर्वराजा नै भएपनि नागरिक सरह दण्डित हुने दाबी गरे। उनले भने, ‘तीनकुनेमा भएको सम्पूर्ण कामको जवाफदेही त्यसको योजनाकार पूर्वराजा ज्ञानेन्द्र थिए। जसलाई यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा जानकारी गराउन चाहन्छु। वास्तवमा यो चिजलाई भड्काएर देशलाई फेरि द्वन्द्वमा, हिंसामा लैजाने कोसिस भएको थियो। त्यसलाई हामीले बुझेका छौं। राज्यको तर्फबाट यथोचित छानबिन हुन्छ। त्यो दण्डनीय छ भने एउटा नागरिकले जसरी गलत काम गरेवापत दण्डको भागीदार हुनुपर्छ। त्यस्तै किसिमको भागीदार बनाउनेछौं।’

बिएल संवाददाता - पोखरा